Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिसँग माओवादी सहमत छ : राजन दाहाल


५, भदौ २०८१
  • 153
    SHARES
  • पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिसँग माओवादी सहमत छ : राजन दाहाल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले संविधान संशोधन आजको आवश्यक्ता रहेको बताएका छन् ।

    आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि संविधान संशोधन गर्न माओवादी सहमत रहेको बताएका हुन् । नेपालजस्तो अल्पविकसित देशमा मिश्रित निर्वाचन प्रणाली भड्किलो र खर्चिलो भएको उनको टिप्पणी छ ।

    नेता दाहालले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न सकेको खण्डमा त्यसले राजनीतिक स्थिरता, विकास र समृद्धिको नेतृत्व गर्ने बताए । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुँदा संविधानको रक्षा र सफल कार्यान्वयनको लागिसमेत मद्धत गर्नेबताए ।

    ‘संविधान संशोधन आजको आवश्यक्ता नै हो । हामीले यो संविधान जारी गर्ने बेलामा पनि शान्ति, स्थिरता र विकासको निमित्त चाहीँ प्रत्यक्ष कार्यकारी राष्ट्रपति चाहिन्छ, पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छ ।

    नेपालजस्तो अल्पविकसित देशमा मिश्रित निर्वाचन प्रणाली भड्किलो छ, खर्चिलो छ, बोझिलो छ । यसलाई पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भनेदेखि सबै मितव्यायी हुन्छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिसँग चाहीँ हामी सहमत छौं,’– उनले भने ।

    एमाले–कांग्रेसले समानुपातिक समावेशी हटाउने, संघीयता खारेज गर्ने स्थानीय तह घटाउने र एकात्मक र केन्द्रीय शासन व्यवस्थातर्फ फर्किन खोजेको उनको आरोप छ ।

    उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, संविधानको रक्षा र सफल कार्यान्वयन गर्ने प्रक्रियामा संविधान संशोधन गर्न माओवादी जुनसुकै बेला तयार रहेको बताए । माओवादी केन्द्र प्रतिगामी संविधान संशोधनको पक्षमा भने उभिन नसक्ने उनको प्रष्टोक्ति छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend