Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रहरी समायोजन प्रक्रिया अघि बढिसकेको छ : गृहमन्त्री लेखक


६, भदौ २०८१
  • 133
    SHARES
  • प्रहरी समायोजन प्रक्रिया अघि बढिसकेको छ : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजनको प्रक्रिया अघि बढीसकेकाले चाँडै प्रहरी समायोजन हुने बताएका छन् ।

    आज बिहान जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीसम्बन्धी २०१२ मा बनेको कानून परिमार्जन गरी संघीय लोकतान्त्रिक व्यवस्थाअनुसार बनाउन मस्यौदा तयार भइरहेको बताउँदै मस्यौदा सहमतिका लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय भइसकेको जानकारी दिए ।

    अर्थ मन्त्रालयले सहमति दिएपछि सो मस्यौदा मन्त्रिपरिषदमा लैजाने र मन्त्रिपरिषदबाट पास भएपछि त्यसलाई संसदमा लग्ने उनको भनाई छ । मधेस प्रदेश सरकारको आफ्नै प्रहरी हुनेमा अब ढुक्क रहन समेत उनले आग्रह गरे ।

    गृहमन्त्री लेखक वर्तमान सरकार सुशासन, शान्ति सुरक्षा तथा स्थिर सरकार दिने पक्षमा रहेको र सोही अनुसार सरकारको कामकारवाही भइरहेको बताए ।

    उनले वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका प्रतिबद्ध रहेकाले गणतन्त्रविरुद्धमा ठूला दलबाट षड्यन्त्र भएको विषय गलत रहेको बताए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend