Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सबैलाई सत्ता चाहिएको छ : पुर्व राष्ट्रपति यादव


७, भदौ २०८१
  • 129
    SHARES
  • सबैलाई सत्ता चाहिएको छ : पुर्व राष्ट्रपति यादव

    काठमाडौँ । पुर्व राष्ट्रपति डा.रामवरण यादवले देशमा शिक्षाको अवस्था विकराल रहेको बताएका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित नेपाली काङ्ग्रेसको पेशागत तथा बुद्धिजीवी विभागद्वारा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    उनले देशका अधिकांश सामुदायिक विद्यालयमा मुख्य विषयका शिक्षक नपाइने समस्या विद्यमान रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । एसईईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु यसकै नतिजा रहेको उनले उल्लेख गरे ।

    नेपाली समाजलाई कहाँ लगिँदैछ भन्ने शिक्षाको स्तर हेरेर नै थाहा हुने उनले टिप्पणी गरे । उनले शिक्षा विधेयक हाल संसद्मा रहेको भन्दै यसमा आवश्यक विचारविमर्श गर्न आग्रह गरे ।

    उनले सरकारको नेतृत्व तहबाट काम हुन नसक्दा संविधानमाथि दोष दिइएको बताए । सबै राजनीतिक दलले सत्ताका निम्ति मरिहत्ते गरिरहेका उनको भनाइ थियो ।

    पुर्व राष्ट्रपति यादवले सबै देशमा ८० प्रतिशत खाद्यान्न बाहिरबाट ल्याइने गरेको भन्दै उनले यसरी मुलुकमा समाजवाद नआउने टिप्पणी गरे ।

    उनले अहिले शिक्षा विधेयक हाउसमा छ । राम्रोसँग सोच्नुस्, राम्रोसँग विचार गर्नुस् । कम्तीमा सामुदायिक विद्यालयहरूमा ८० प्रतिशत विद्यालयमा शिक्षक छैनन् । ५२ प्रतिशत विद्यार्थी एसईईमा फेल भए भनिरहेका छन् । मुख्य–मुख्य शिक्षकहरू नै छैनन् । राहत वा सामुदायिकस्तरमै राखेर जेनतेन अध्ययन गराइएको छ । यसले नेपाली समाजलाई कहाँ लगिएको छ भन्ने देखाउँछ ।

    संविधानको दोष छैन । संविधान – गणतन्त्र, लोकतन्त्र, समावेशी छ, संघीयतासहित छ । सारा कुरा छ । तर, त्यो लागु कसरी गर्ने देखिरहेको छ । पार्टीलाई सत्तामा नगईकन नहुने उनले बताए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend