Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न, विभिन्न प्रस्तावित विषयहरूमाथि छलफल


८, भदौ २०८१
  • 119
    SHARES
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न, विभिन्न प्रस्तावित विषयहरूमाथि छलफल

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ ।

    सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा शुक्रबार बैठक सम्पन्न भएको हो ।

    श्रावण २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राखिएको थियो ।

    बैठकले गरेका निर्णय यसप्रकार रहेका छन् । 

    (१) पोखराबाट काठमाडौं तर्फ आइरहेको यूपी ५३ एफटी ७६२३ भारतीय नम्बर प्लेटको बस तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ऐनापहरा भन्ने स्थानबाट मस्र्याङ्दी नदीमा खस्दा ४३ जना यात्रु मध्ये २७ जनाको मृत्यु र १६ जना गम्भीर घाइते भएको यो संवेदनशील घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ र कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ ।

    त्यसैगरी रौतहटबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ४७ नम्बरको बस मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिकाको वडा नं. २९ सत्रकिलोमा माथिबाट खसेको ढुंगाका कारणले बस अनियन्त्रित भई पल्टिदा २५ जना घाइते भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।

    उक्त दुबै घटनाका घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ।

    तनहुँ दुर्घटनामा परी मृत्युवरण गर्नु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ । साथै, उक्त दुबै घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

    बैठकमा सह महामन्त्रीहरू– फरमूल्लाह मन्सुर, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, जीवन परियार, केन्द्रीय सदस्यहरू— गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, अजयकुमार चौरसिया, शंकर भण्डारी, डा. आरजु राणा देउवा, जीतजंग बस्नेत र आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्काले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

    केन्द्रीय कार्यसमितिको अर्को बैठक भाद्र १२ गते बुधबार दिउँसो ३ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    Messenger_creation_8223e138-9a43-4359-947b-fda4d8fcbda0.jpeg

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend