Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसका उपसभापति र महामन्त्रीको बैठक बस्दै, के हुनेछ छलफल ?


११, भदौ २०८१
  • 258
    SHARES
  • कांग्रेसका उपसभापति र महामन्त्रीको बैठक बस्दै, के हुनेछ छलफल ?

    काठमडौं - नेपाली कांग्रेसको  उपसभापति र महामन्त्रीको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पाँच पदाधिकारी मात्र बस्ने गरी बैठक बोलाइएको हो । 

    दुई/दुई उपसभापति र महामन्त्रीलाई मात्र बैठकमा डाकिएको कांग्रेसका मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    गएको फागुन ७ देखि १० गतेसम्म गोदावरीमा भएको कांग्रेस महासमिति बैठकबाट पारित प्रतिवेदन अझै केन्द्रीय समितिले अनुमोदन गरेको छैन । केन्द्रीय समितिबाट अनुमोदन नगरिँदासम्म महासमितिका निर्णय कार्यान्वयन हुँदैन ।

    त्यसको करिब ६ महिनापछि बसेको केन्द्रीय समिति बैठकमा उपसभापति र महामन्त्रीका उक्त प्रतिवेदन पेस गरिएको छ । तर, कुनै प्रतिवेदन पारित गरिएको छैन ।

    ०८२ भित्रै महाधिवेशन गर्ने र चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाका दुई प्रस्तावप्रति कांग्रेसको संस्थापन पक्षले आपत्ति जनाएको छ । 

    महाधिवेशनको मिति तय गर्ने अधिकार केन्द्रीय समितिलाई रहेको र चुनावी गठबन्धन गर्ने÷नगर्ने विषय नीतिगत नभएर रणनीति भएकाले त्यसलाई प्रतिवेदनमा/दस्तावेजमा राख्न नमिल्ने देउवा पक्षको तर्क छ ।

    महामन्त्री थापाले भने आफूले अघि सारेका विषय पार्टीको तल्लो तहको  धारणा भएको भन्दै महासमितिबाट पारित गरिसकेपछि सच्याउन नमिल्ने अडान राख्दै आएका छन् ।

    अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा नेताहरूले ओगटेर बस्ने प्रवृत्ति अन्त्यका निम्ति ‘एक्जिट पोलेसी’ अघि सारेका छन् । नेताले सार्वजनिक लाभको पदमा लगातार रहन नमिल्ने गरी उनले १, २, ३ र ४ लागु हुनुपर्ने प्रस्ताव गरेका छन् ।

    राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपल्ट, मन्त्री तीनचोटि र सांसद चारपालिभन्दा बढी बन्न नपाउने उनको प्रस्ताव छ । उनको प्रस्तावमा हालसम्म एक केन्द्रीय सदस्य पनि समर्थनमा उभिएका छैनन् ।

    ती प्रस्तावमा सहमतिका निम्ति सभापति देउवाले उपसभापति र महामन्त्रीको बैठक डाकेका हुन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend