Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित


१२, भदौ २०८१
  • 152
    SHARES
  • एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

    काठमाडौं- नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन्। झाँक्री नेतृ जयन्ती राईसँग पराजित भएकी हुन्। राईले १८९ मत पाउँदा झाँक्रीले १२२ मत मात्र पाइन्। यस्तैगरी, मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन्। उनले १६४ मत पाए।

    खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन्। उनीहरूले क्रमश: १८९, १५६, १३९, १५१ मत पाए। उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन्। उनीहरूले क्रमश: १५८, १०७, १०६, १०५ मत ल्याए।

    त्यस्तैगरी, सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्माले १८० मत, आदिवासी जनजातिबाट बलदेव चौधरीले १७५ मत, खुलाबाट शेरबहादुर कुँवरले १५३, चन्द्रबहादुर शाहीले ९१, सोप्रसाद पाण्डेले १४१, सावित्रा कुमारी भुसालले १०६ र श्रीनाथ बरालले १०७ मत पाइ निर्वाचित भए।

    आन्तरिक निर्वाचनको फाइनल नतिजा:

    वरिष्ठ उपाध्यक्ष:
    राजेन्द्र प्रसाद पाण्डे (सर्वसम्मत)

    उपाध्यक्षहरू
    १. जयन्ती राइ (पूर्व उपाध्यक्ष)
    २. धर्मनाथ शाह (पूर्व उपाध्यक्ष)
    ३. प्रकाश ज्वाला (पूर्व उपमहासचिव)
    ४. जगन्नाथ खतिवडा (पूर्व उपमहासचिव)
    ५. गंगालाल तुलाधर (पूर्व उपमहासचिव)
    ६. भानुभक्त जोशी

    उप- महासचिव
    १. क. गरिमा शाह (निवर्तमान सचिव)
    २. क. राजेन्द्र राइ (निवर्तमान सचिव)
    ३. क. मेटमणी चौधरी
    ४. क. रामकुमार भट्टराई

    समावेशी सचिव
    १. बलदेव चौधरी
    २. गणेश विक

    खुल्ला सचिव
    ३. शेरबहादुर कुँवर
    ४. चन्द्र बहादुर शाही
    ५. सोम प्रसाद पाण्डे
    ६. सावित्री भुसाल
    ७. श्रीनाथ बराल

    वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्यका छनौटका लागि निर्वाचन गरिएकाे हाे। पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ।

    केन्द्रीय कमिटी सदस्यहरू मात्र निर्वाचन प्रक्रियामा सहभागी भएका थिए। सचिवालय सदस्य, स्थायी समिति सदस्य विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ। केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन्।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend