Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

यी हुन एकीकृत समाजवादीका निर्वाचित १७ पदाधिकारीहरु


१२, भदौ २०८१
  • 103
    SHARES
  • यी हुन एकीकृत समाजवादीका निर्वाचित १७ पदाधिकारीहरु

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले निर्वाचनमार्फत पदाधिकारी टुङ्ग्याएको छ । गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औं महाधिवेशनले अध्यक्ष, समहासचिव र सम्मानित नेता सर्वसम्मतिले टुङ्ग्याएको थियो ।

    २१ सदस्यीय पदाधिकारी रहेको एकीकृत समाजवादीमा १८ पदाधिकारी छान्न निर्वाचनको प्रक्रिया अपनाइएको थियो । अन्तिम समयमा आएर घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि राजेन्द्रप्रसाद पाण्डे वरिष्ठ उपाध्यक्षमा चयन भएका थिए । अन्य बाँकी १७ पदाधिकारी भने निर्वाचनमार्फत चयन भएका छन् ।

    एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्तीदेवी राई विजयी भएकी छन् । राईसँग प्रतिस्पर्धा गरेकी नेतृ रामकुमारी झाँक्री पराजीत भईन् । त्यस्तै, उपाध्यक्ष (मधेशी समुदायबाट) धर्मनाथ प्रसाद साह, खुला उपाध्यक्षमा डा.गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् ।

    त्यस्तै, उपमहासचिवमा रामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । सचिवमा दलित समुदायबाट गणेश बहादुर विश्वकर्मा, आदिवासी जनजातीबाट बलदेव चौधरी, खुल्लामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय र सावित्राकुमारी भुसाल निर्वाचित भएका छन् ।

    एकीकृत समाजवादीको पदाधिकारीहरु

    अध्यक्ष– माधवकुमार नेपाल

    सम्मानित नेता– झलनाथ खनाल

    वरिष्ठ उपाध्यक्ष– राजेन्द्र प्रसाद पाण्डे

    उपाध्यक्ष (महिला)– जयन्तीदेवी राई

    उपाध्यक्ष (मधेशी समुदाय)– धर्मनाथ प्रसाद साह

    उपाध्यक्ष (खुल्ला)– डा.गंगालाल तुलाधर,

    भानुभक्त जोशी,

    प्रकाश ज्वाला

    जगन्नाथ खतिवडा

    महासचिवः घनश्याम भुसाल

    उपमहासचिव: रामकुमार भट्टराई

    मेटमणि चौधरी

    गरिमा शाह

    राजेन्द्रकुमार राई

     

    सचिवः गणेश बहादुर विश्वकर्मा,

    बलदेव चौधरी

    श्रनाथ बराल

     

    शेरबहादुर कुँवर

    चन्द्रबहादुर शाही

    सोमप्रसाद पाण्डेय

    सावित्राकुमारी भुसाल

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend