Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यको शपथ आज, लगत्तै केन्द्रीय समिति बैठक बस्ने


१३, भदौ २०८१
  • 122
    SHARES
  • एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यको शपथ आज, लगत्तै केन्द्रीय समिति बैठक बस्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुको आज शपथ ग्रहण हुँदै छ । शपथ लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने छ ।

    त्यसका लागि आज बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा भेला हुन पार्टी पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुलाई भनिएको छ ।

    उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार बैठकमा नेताहरुको जिम्मेवारी बाँडफाँट र पार्टीको आगामी योजनाबारे छलफल गर्ने तयारी छ । खासगरी पदाधिकारी र पोलिटव्युरोमा चुनावी प्रतिस्पर्धा गरेका तर पराजित भएकाहरुलाई व्यवस्थापनको विषयमा छलफल गर्ने नेताहरुको भनाइ छ ।

    नवनिर्वाचित पोलिटव्युरो सदस्य सुदेश पराजुलीका अनुसार आज शपथ ग्रहणपछि बस्ने बैठकमा नेताहरुको योगदानका आधारमा जिम्मेवारी तोक्ने र पार्टीका आगामी योजना तथा कार्यक्रमबारे छलफल गर्ने तयारी छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend