Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

देउवाले बोलाए उपसभापति र महामन्त्रीसहितको बैठक


१३, भदौ २०८१
  • 158
    SHARES
  • देउवाले बोलाए उपसभापति र महामन्त्रीसहितको बैठक

    काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दै छ ।

    केन्द्रीय समिति बैठकमा पेस भएका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

    बैठक सभापति देउवाको निवास बुढानीलकण्ठमा बिहान नौ बजे बोलाइएको छ । सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएको देउवाको सचिवालयले जनाएको छ ।

    गत बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले संशोधित प्रस्ताव पेस गरेका छन्, जसमा राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था गर्नुपर्ने उल्लेख छ । साथै उनले चुनावी गठबन्धन पनि अनुपयुक्त भएको उल्लेख गरेका छन् ।

    अर्का महामन्त्री थापाले सांगठनिक प्रस्तावमा चुनावी गठबन्धन गर्न नहुने मत गत फागुनको बैठकमा नै पेस गरेका थिए । थापाले पूर्ववत् प्रतिवेदन केन्द्रीय समिति बैठकमा पनि पेस गरेका छन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend