Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दुई महामन्त्रीसँग देउवाको छलफल निष्कर्षविहीन


१३, भदौ २०८१
  • 385
    SHARES
  • दुई महामन्त्रीसँग देउवाको छलफल निष्कर्षविहीन

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको छलफल निष्कर्षविहीन बनेको छ ।

    देउवाले आज बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका थिए । केन्द्रीय समितिमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउन सभापति देउवाले उनीहरुसँग छलफल गरेका हुन् ।

    छलफलमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पनि सहभागी थिए । पर्सि बिहान ९ बजे पुनः बस्ने गरी छलफल सकिएको उपसभापति धनराज गुरुङले जानकारी दिए ।

    पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार छलफल सहमति उन्मुख रहेको छ । ‘सबै विषय सहमति उन्मुख छ । सबै एजेन्डामा सहमति सहित १६ गते केन्द्रीय समिति बैठक बस्छ‚’ उनले भने ।

    कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माको एक्जिट पोलिसि र महामन्त्री गगन थापाको चुनाव अघि गठबन्धन गर्न नहुने र कांग्रेसलाई रूखमा भोट हाल्ने निर्णय हुनुपर्ने प्रतिवेदनमा विवाद छ । सोही विवादका कारण साउन २३ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठकमा निर्णय लेख्न सकिएको छैन ।

    सहमति जुटाउन भन्दै पटक पटक बैठक स्थगन गरेर कांग्रेसमा सभापति देउवाले प्रतिवेदन परिमार्जन गराउन चाहेका छन् । संस्थापन पक्ष कुनै पनि हालतमा परिमार्जन गराउन चाहन्छ भने इतर समूहले प्रतिवेदन पारित हुनुपर्ने अडान कायमै राखेको छ ।

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend