Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जनार्दनले स्पष्ट पारिसके, पार्टी एकताबद्ध छ : माओवादी


१६, भदौ २०८१
  • 150
    SHARES
  • जनार्दनले स्पष्ट पारिसके, पार्टी एकताबद्ध छ : माओवादी

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी एकताबद्ध रहेको/रहिरहने बताएको छ ।

    पार्टी विभाजनतर्फ अघि बढेको टिकाटिप्पणी चलिरहने पनि हालै सम्पन्न स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले सबै कुरा स्पष्ट पारिसकेकाले त्यस्तो कुनै सम्भावना नरहेको माओवादीले दाबी गरेको छ ।

    स्थायी कमिटी बैठकपछि मातहतका कमिटीलाई पठाएको सर्कुलरलाई फेरि अध्यावधिक गर्दै माओवादीले भनेको छ, ‘पछिल्लो समयमा कतिपय सन्दर्भमा हाम्रो पार्टी बिभाजन हुँदैछ भनि जसरी चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव क‍. जनार्दन शर्मा प्रभाकर’ ले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नरहेको विषय स्पष्ट पार्नुभयो । साथै हाम्रो पार्टी एकतावद्ध रहेको र रहिरहने बिश्वास ब्यक्त गर्दै अध्यक्षले बैठकको समापन गर्नुभयो ।’

    स्थायी कमिटी बैठकमा शर्माले अध्यक्षकै वरिपरिका मान्छेले फार्टी फुटाउन लागेको भनेर गलत हल्ला चलाएको लिखित प्रस्तावमार्फत नै गरेका थिए । उनले आफू पार्टी फुटको पक्षमा नरहेको बरु पार्टी बनाउन भन्दै नेतृत्वको विकल्पको प्रस्ताव अघि सारेका थिए ।

    तर सर्कुलरमा माओवादीले पार्टी निर्माणको लागि नीजि स्वार्थ केन्द्रीत गुट, उप–गुटजन्य प्रवृत्तिहरूलाई रहेको स्वीकार गर्दै त्यसलाई निरूत्साहित गर्दै पार्टीलाई नयाँ उचाईमा एकताबद्द गर्दै लैजानुपर्नेमा जोड दिएको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend