Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारी सुरु भयो : परराष्ट्रमन्त्री डा.राणा


१८, भदौ २०८१
  • 137
    SHARES
  • भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारी सुरु भयो : परराष्ट्रमन्त्री डा.राणा

    काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी सुरु गरेका छन् ।

    हालै भारत भ्रमण सम्पन्न गरेर फिर्ता भएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपालको राजकीय भ्रमणको निमन्त्रणापत्र भारतीय प्रधानमन्त्री मोदीलाई दिएको र उनले त्यसको तयारीका लागि सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिएको बताएकी हुन् ।

    मंगलबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले प्रधानमन्त्री ओलीले नेपालको राजकीय भ्रमणका लागि पठाएको नियन्त्रणालाई भारतीय समकक्षी मोदीले सहर्ष स्वीकार गर्दै समय तालिकासहितको तयारी गर्न मातहतका निकायलाई निर्देशन दिएको जानकारी दिइन् ।

    परराष्ट्रमन्त्री राणाले आफूले भारतीय प्रधानमन्त्री मोदीसँगको शिष्टाचार भेटमा दुई मुलुकबिचको आपसी सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने विषयमा जोड दिएको पनि स्पष्ट पारिन् ।

    उनले भनिन्, ‘भारत भ्रमणको क्रममा मैले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको तर्फबाट भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई व्यक्त गर्नुभएको न्यानो अभिवादन शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि उहाँले दिनुभएको नियन्त्रणालाई पनि औंपचारिक रुपमा हस्तान्तरण गरेँ ।

    र, त्यसको उहाँले सहर्ष स्विकार गरेर आफ्नो टीमलाई भ्रमणको एउटा टाईम बनाउनु भनेर त्यही बेलामा आदेश पनि गर्नुभएको थियो ।’

    परराष्ट्रमन्त्री राणाले आफूले भारत भ्रमणको क्रममा त्यहाँका समकक्षी एक जयशंकरसँग दुई मुलुकबिचमा विगतमा भएको सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल गरेको पनि बताइन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend