Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

समाजको रूपान्तरणका लागि नागरिक समाजको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री डा.राणा


१८, भदौ २०८१
  • 249
    SHARES
  • समाजको रूपान्तरणका लागि नागरिक समाजको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री डा.राणा

    काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालको बृहत्तर विकासमा नागरिक समाजको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन् ।

    मंगलबार ललितपुरमा आयोजित ‘नेपाल सिभिल सोसाइटी कन्फरेन्स् फर द समिट अफ द फ्युचर’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले सामाजिक आर्थिक विकासका माध्यमबाट समाजको रूपान्तरणका लागि नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहेको बताइन् ।

    संयुक्त राष्ट्रसङ्घको आसन्न महासभासँगै हुन लागेको ‘समिट अफ द फ्युचर’लाई नेपालले महत्त्व दिएको र सो समिटमा नेपालका प्रधानमन्त्रीको सहभागिता हुनेगरी तयारी भइरहेको जानकारी मन्त्री डा.राणाले दिइन् । यस समिटमा विश्वव्यापी सुशासन, बहुपक्षीयताको प्रवर्धन तथा अन्तर्राष्ट्रिय ऐक्यबद्धताका पक्षमा नेपाल रहेको पनि मन्त्री डा.राणाले स्पष्ट पारिन् ।

    नेपालले आगामी सन् २०२६ सम्ममा ‘एलडिसी स्टाटस’ बाट माथि उठ्ने विषयमा तयारी गरिरहेको र यसका लागि नेपालले स्मुथ ट्रान्जिसन स्ट्राटेजी (एसटिएस) बनाएको जानकारी दिँदै मन्त्री डा.राणाले नेपालको यस एलडिसी ग्र्याजुएसन योजनालाई अपरिवर्तनीय एवं दिगो बनाउन पनि नागरिक समाजको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।

    नेपालले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्नका लागि हामी सबै एकताबद्ध हुनुपर्ने भन्दै उनले गत महिना मात्रको एक प्रतिवेदनले नेपालका दिगो विकासका लक्ष्यहरूमध्ये ४१ प्रतिशत जति पूरा हुने बाटोमै रहेका देखाएकाले यसका लागि सबैको संयुक्त प्रयास जारी रहनुपर्नेमा जोड दिइन् ।

    मन्त्री डा.राणाले नेपाल सधैँ बहुपक्षीयता, विधिको शासन, प्रजातन्त्र, समावेशी र समतामूलक अन्तर्राष्ट्रिय प्रणालीका पक्षमा रहेको स्पष्ट गर्दै नेपालले बहुपक्षीयता र विधिको शासनका पक्षमा अन्तर्राष्ट्रिय फोरमहरूमा गर्ने वकालतहरूमा नेपालको नागरिक समाजले पनि योगदान पुर्‍याउन सक्ने स्पष्ट पारिन् । 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend