Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हो : गृहमन्त्री लेखक


१९, भदौ २०८१
  • 136
    SHARES
  • सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हो : गृहमन्त्री लेखक

    महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् ।

    महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा उनले प्रहरीको सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताए ।

    “अहिले प्रहरीले सिमीत स्रोतसाधनमा काम गर्नुपरेको छ”, गृहमन्त्री लेखकले भने, “नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ ।” उनले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागिसमेत अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरे ।

    पछिल्लो समय साइबर अपराध बढिरहेकाले प्रहरीले परम्परागत अपराधबाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उनको भनाइ थियो । उनले संसद्मा भएका दुई ठुला दलबीच सहमति भएर नयाँ राजनितिक समीकरण बनाएको बताए ।

    “दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ”, उनले भने, “कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौँ सशत्र द्धन्द्धलाई शान्तिमा ल्यायौँ ।”

    उनले मुलुकमा दुई ठुला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसद्का दुई ठुला दल मिलेर देशको विशिष्ट कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताए । उनले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शङ्का नर्गनसमेत आग्रह गरे ।

    उक्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सम्पूर्ण नागकिरले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यले पूर्वाधार विकासमा जोड दिएको बताए ।

    “नेपाल प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान भनेको सहज र सामान्य विषय होइन”, उनले भने, “यो प्रहरीको कार्य उपलब्ध पूर्वाधार कानुन र समाजको सहकार्यमा भर पर्दछ ।”

    उनले नवनिर्मित भवनले प्रदेश प्रहरीको अनुगमन र सुपरिवेक्षणमा सहज हुजे विश्वास व्यक्त गरे । विसं २०७९ मंसिर २९ गते आशिस कन्ट्रक्सनसँग उक्त भवन निर्माण गर्न रु १३ करोड २६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend