Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रस्तावित राजदूत चौहानले सुनाए नेपाली उत्पादन रूसमा निर्यात गर्ने योजना


१९, भदौ २०८१
  • 127
    SHARES
  • प्रस्तावित राजदूत चौहानले सुनाए नेपाली उत्पादन रूसमा निर्यात गर्ने योजना

    काठमाडौं । रूसका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहानले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।

    आज (बुधबार) प्रस्तावित राजदूत चौहानले प्रथम उच्चस्तरीय राजकीय भ्रमण, द्धिपक्षीय व्यापार प्रवर्द्धन, आर्थिक सहयोग, पर्यटन प्रवर्धन, सम्बन्ध सबलीकरणको अवस्यकतालगायतका विषय समेटेर कार्ययोजना पेश गरेका छन् ।

    त्यस्तै, उनले रूसलाई निर्यातको सम्भावित ठूलो बजारको रुपमा उल्लेख गरेका छन् । नेपाली उत्पादनहरु चिया, कफी, तयारी पोषाक, पस्मिना, ऊनी पोषाक, औषधि, जडिबुटी, नेपाली कागज, चाँदी र अन्य हस्तकला आदिका उत्पादनहरु रूसमा निर्यात गर्न सकिने उनको भनाइ छ ।

    ‘रूस निर्यातको एक सम्भावित ठूलो बजार हो । नेपाली उत्पादनहरु चिया, कफी, तयारी पोषाक, पस्मिना, ऊनी पोषाक, औषधि, जडिबुटी, नेपाली कागज, चाँदी र अन्य हस्तकला आदिका उत्पादनहरुको राम्रो बजार हुनसक्छ । अझ चिया र कफीको राम्रो भरपर्दो दीर्घकालीन बजार बनाउन सकिन्छ,’– उनले कार्ययोजनामा भनेका छन् ।

    साथै, उनले रूसी सेनामा भर्ती भएका नेपाली युवाहरुको समस्या समाधान गर्न पनि संयोजनकारी भूमिका खेल्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । ‘एउटा जटिल समस्याको रुपमा हेरिएको यो विषय सेनासँग सम्बन्धित भएकाले सबै कुरा प्रष्टसँग बाहिर आएको छैन ।

    विचौलियाहरुको प्रलोभनमा परेर हाम्रा युवाहरु युद्धको भुमरीमा परेका छन् । यिनीहरुको उद्धारका लागि नेपालको परराष्ट्र मन्त्रालयले आवश्यक संवाद अघि बढाइरहेको सन्दर्भमा हर सम्भव प्रयास हुनु जरुरी छ । रूस र रूसी भाषा ज्ञानको कारण संयोजनकारी भूमिकामा रहेर काम गर्न सहज हुने ठान्दछु,’– उनले भनेका छन् ।

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend