Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आजको मन्त्रिपरिषदले चित्रलेखा यादवलाई राजदूतमा सिफारिस गर्दै


२४, भदौ २०८१
  • 152
    SHARES
  • आजको मन्त्रिपरिषदले चित्रलेखा यादवलाई राजदूतमा सिफारिस गर्दै

    काठमाडौं - मन्त्रिपरिषद्को बैठक बस्दै छ। 

    बैठक साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

    आज बस्ने मन्त्रिपरिषदको बैठकले अष्ट्रेलियाका लागि राजदूत सिफारिस गर्ने छ।  परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले कांग्रेस नेतृ चित्रलेखा यादवको नाम अष्ट्रेलियाको राजदूतका लागि प्रस्ताव गरेकी छन्।

    आइतबार मन्त्री राणाले मन्त्रालय तहबाट यादवको नाम प्रस्ताव गरेकी थिइन्। उनको प्रस्तावलाई आज बस्ने मन्त्रिपरिष्दको बैठकले अनुमोदन गर्नेछ।  कांग्रेसको कोषाध्यक्षका रुपमा समेत जिम्मेवारी सम्हालिसकेकी यादवले पूर्व उपसभामुखको जिम्मेवारी समेत निर्वाह गरेकी छन्।

    यस अघि कांग्रेसको कोटाबाट सिफारिस भएकी कान्ता रिजालमाथि गम्भीर आरोप लागेपछि सरकारले उनको नाम फिर्ता लिएको थियो।  रिजाल इजरायलमा राजदूत हुँदा आफूले लगेको सहयोगी भान्सेलाई उतै छोडेर आएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि नाम फिर्ता लिएको थियो। 

    रिजालले आफू इजरायलको राजदूत हुँदा सहयोगीको रुपमा लगेका दुई व्यक्तिमध्ये एक जनालाई उतै छोडेर आएको उजुरी परेपछि उनको नाम राजदूत सिफारिसबाट फिर्ता गरिएको थियो।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend