Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची


२५, भदौ २०८१
  • 104
    SHARES
  • आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ ।

    दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा शहरी विकासमन्त्री प्रकाशमानसिंह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसंग मौखिक प्रश्नोत्तर हुने संसद सचिवालयले जनाएको छ ।

    यस्तै बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछन् ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    मन्त्री गुरुङले नै ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१ पारितका लागि प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । त्यस्तै, दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट महान्यायाधिवक्ताको वार्षि प्रतिवेलन, २०७९/८० पेश हुनेछ ।

    यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले समितिको पाँचौँ वार्षिक प्रतिवेदन २०८०/८१ पेश गर्नेछन् ।

    राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सभाका विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend