Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उपसभामुख रानालाई महाअभियोग लगाउने तयारीविरुद्ध रास्वपाको आपत्ति


२५, भदौ २०८१
  • 156
    SHARES
  • उपसभामुख रानालाई महाअभियोग लगाउने तयारीविरुद्ध रास्वपाको आपत्ति

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ दलहरुले उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाएर हटाउने तयारी थालेको भन्दै आपत्ति जनाएका छन् ।

    आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले संवैधानिक परिषद्मा सत्तारुढ दलको बहुमत नपुगेपछि अनेक जालझेल रचेर उपसभामुख रानालाई हटाउने तयारी भइरहेको भन्दै उनले आपत्ति जनाएका हुन् । उपसभामुखलाई महाअभियोग लगाउनेजस्तो कुरा राजनीतिक दलहरु बसेर सल्लाह गर्नु लोकतन्त्रका लागि कहिले पनि मान्य नहुने उनले बताए ।

    ‘आज सम्मानित पदलाई परिषद्मा आफ्नो बहुमत पुग्दैन भनेर लोकतन्त्रका लागि लडेका, आफूलाई मसिहा भन्ने राजनीतिक पार्टीहरु सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने तयारी गर्दैहुनुहुन्छ । स्मरण रहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा राजनीतिक मुद्दा गुमाउला तर लोकतन्त्रका लागि राष्ट्रिय स्वतन्त्र पार्टी सधैं लड्नेछ । जनताको पक्षमा लड्नेछ ।

    के नेपाली लोकतन्त्र यति कमजोर हो ? लोकतन्त्रमाथि धावा नबोल्नुस्, आज सहज होला, भोलि तपाईहरुलाई नै अप्ठ्यारो पर्ला । यो हाँस्ने कुरा होईन, सल्लाह गर्ने कुरा पनि होईन । लोकतन्त्रलाई यसरी सल्लाह गरेर मारिन्छ भने तमाम नेपाली जनताहरु सडकमा ओर्लिने छन् । राजनीतिक पार्टीहरुको विरुद्ध आन्दोलन गर्नेछन्,’–उनले भने ।

    युवा पुस्ताको राजनीतिक चेतनामाथि प्रतिबन्ध लगाउने, लोकतन्त्रलाई मार्ने, जनताको संवैधानिक अधिकारलाई हनन गर्ने प्रयास आफूहरुलाई स्वीकार्य नरहेको उनले बताए । नेता परियारले आफूले खनेको खाल्डोमा आफैैं पर्ने काम नगर्न सत्तारुढ दलहरुलाई सुझाव दिए । संख्याको भरमा मात्रै राजनीति चल्छ भन्ने भ्रमबाट मुक्त हुन पनि उनले आग्रह गरे ।

    जनताको सार्वभौम सत्ता अगाडि संख्याको केही नचल्ने उनको चेतावनी छ । ‘लोकतन्त्रको उन्नत अभ्यास हुनुपर्छ । संख्याका नाममा मात्रै, सत्ता शक्तिका नाममा मात्रै यो राज्य चल्छ र जे पनि गर्न सकिन्छ भन्ने तपाईँहरुको बुझाईँ हो भने जनताको सार्वभौम सत्ता अगाडि कुनै पनि सत्ता संसारमा टिकेको छैन,’– उनले भने ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend