Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भदौ ३० गतेभित्रै कडा एक्शन लिने प्रधानमन्त्री ओलीको तयारी


२५, भदौ २०८१
  • 183
    SHARES
  • भदौ ३० गतेभित्रै कडा एक्शन लिने प्रधानमन्त्री ओलीको तयारी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३० गतेभित्र निर्णायक राजनीतिक कदम चाल्नेगरि तयारी थालेका छन् ।

    संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिका उड्नुअघि प्रधानमन्त्री ओलीले पोलिटिकल मूभका लिष्ट बनाएको चर्चा छ । आफ्नो लिष्टको पहिलो नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने परेको स्रोतको दाबी छ ।

    सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई सिआईबीमार्फत अप्ठ्यारो पार्ने प्रधानमन्त्री ओलीको तयारी छ । ओलीको तयारीमा नेपाली कांग्रेसको पूरा साथ रहेको बतार्ईएको छ । आफ्नो लिष्टको दोस्रो नम्बरमा प्रधानमन्त्री ओली माधव नेपाललाई राखेका छन् ।

    उनले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई विभाजन गर्नेगरि कानून ल्याउन लागेका छन् । माधव नेपालको पार्टीबाट आधा दर्जन सांसदहरु एमालेमा फर्किनको लागि खुट्टा उचालेर बसेको बताईएको बेलामा पदाधिकारी तहकै नेताहरुले पनि एमालेसँग एकताको लागि ठोस कदम चालेको गाईंगुईं छ ।

    प्रधानमन्त्री ओलीले असोज ३ गते अगावै संसद्को अधिवेशन अन्त्य गर्नेगरि सभामुख देवराज घिमिरेलाई काम गर्न आग्रह गरेको बताईएको छ । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईलाई पनि काठमाडौं झिकाईएको चर्चा छ ।

    यही सन्दर्भमा रवि लामिछानेबारे राईले तथ्य र प्रमाण सिआईबीसमक्ष बुझाउनेगरि तयारी भएको उच्च स्रोतको दाबी छ । रविलाई पक्राउ गर्न सकिए र माधव नेपालको दल विभाजन गरेलगत्तै वैकल्पिक गठबन्धन बन्न नसक्ने ओलीको बुझाई छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend