Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री ओलीसँग लामिछानेको भेट, उपसभामुखको विषयमा छलफल


२६, भदौ २०८१
  • 116
    SHARES
  • प्रधानमन्त्री ओलीसँग लामिछानेको भेट, उपसभामुखको विषयमा छलफल

    काठमाण्डौ – कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन लागेको चर्चासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुभएको छ । हिजो बेलुकी बालुवाटारमा भएको भेटमा लामिछानेले प्रधानमन्त्री ओलीसँग उपसभामुख रानामगरलाई हटाउने विषयमा जानकारी लिनुभएको हो ।

    पोखरामा पार्टीको कार्यक्रम सकेर काठमाण्डौ फर्केलगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न लामिछाने बालुवाटार पुग्नुभएको हो । लामिछानेले सत्तारुढ दलका सांसदबाट उपसभामुखलाई राजीनामा दिन दबाब दिएकोबारे प्रधानमन्त्रीको धारणा बुझ्न खोज्नुभएको थियो । प्रधानमन्त्री ओलीले भने संसद्मा उठेको विषय त्यहीँ निराकरण हुने जवाफ दिनुभएको छ ।

    हिजोको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसदले उपसभामुख रानामगरले पदको दुरुपयोग गरेको भन्दै राजीनामा दिन माग गरेका थिए भने प्रतिपक्षी माओवादी र रास्वपाका सांसदहरुले उपसभामुखलाई हटाउन खोजेर सत्तारुढ दलहरुले लोकतन्त्र मार्न खोजेको आरोप लगाएका थिए ।

    उपसभामुख रानामगरले गएको वर्ष अमेरिकामा हुने एक कार्यक्रममा सहभागी गराउन आफ्नो लेटरप्याडमा केही व्यक्तिलाई सिफारिससहित दूतावासलाई लेखेको पत्र विवादमा परेको थियो । पत्र गएको साउन पहिलो हप्ता सार्वजनिक भएलगत्तै त्यसैबेला पनि संसदमा यो विषय उठेको थियो ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend