Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बिपी कोइरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान जरुरी : सभापति देउवा


२६, भदौ २०८१
  • 117
    SHARES
  • बिपी कोइरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान जरुरी : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुन जरुरी रहेको बताएका छन् ।

    काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा देउवाले प्रजातान्त्रिक समाजवाद संसारकै उत्तम समाजवाद भएको बताए । सभापति देउवाले वीपी कोइरालालाई सानो देशको ठूलो नेताका रूपमा चित्रण गरेका छन् ।

    वीपीलाई ज्ञान नभएको विषय नै नरहेको सभापति देउवाले बताएका छन् । उनले वीपी धेरै विषयको ज्ञानी भए पनि समयानुसार केही कुराहरू परिवर्तन हुने बताए ।

    देउवाले वीपीले त्यो बेलामा सबैले गाई पाल्नुपर्छ भनेको तर, अहिले सबैलाई दूध खुवाउनुपर्छ भनेर डेरी कन्सेप्ट आएको बताए । उनले गाई सबैले पाल्नुपर्छ भन्दा पनि सबैले दूध पिउन पाउनुपर्छ भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।

    देउवाले भने, ‘वीपी कोइराला सानो देशको ठूलो नेता हो । उहाँलाई ज्ञान नभएको विषय नै थिएन । धेरै विषयको ज्ञानी हुनुहुन्थ्यो । कति कुराहरू समयअनुसार पनि चेन्ज हुन्छ । जस्तै उहाँले गाई पाल्ने कुरा गर्नुभएको थियो । आज गाई पाल्ने कुरा भन्दा पनि आज ठाउँ ठाउँमा बाटो पुग्ने, बिजुली, बत्ती पुगेको छ । आज गाई पाल्नु भन्दा पनि दूध सप्लाई गर्न डेरी सञ्चालन गर्ने हो ।’

    ‘घरघरमा दूध बालबच्चाले पाउन् भनेको मतलब गाई पाल्नु भन्दा पनि बालबालिकालाई दूध खुवाउनु ठूलो कुरा हो । आज डेरी कन्सेप्ट ठूलो कुरा हो’, देउवाले भने, ‘समयमा धेरै कुरा चेन्ज हुन्छन् । वीपी कोइराला अलराउण्डर हो । साहित्यमा त्यत्तिकै उत्कृष्ट हुनुहुन्थ्यो । वीपी कोइरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुनु जरुरी छ ।’

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend