Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने, यस्ता छन् अरू कार्यसूची


३०, भदौ २०८१
  • 145
    SHARES
  • राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने, यस्ता छन् अरू कार्यसूची

    काठमाडौं -  राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ। दिउँसो सवा १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्नेछ।बैठकमा आज सांसदहरूले उठाएका अर्थमन्त्रालयसँग सम्बन्धित प्रश्नहरूमा अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने कार्यसूची छ। त्योसँगै आजको बैठकका लागि ६ वटा कार्यसूची राखिएको छ। बैठकमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची पनि छ।

    त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले विकास, आर्थिक मामिला तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि आजको बैठकका लागि राखिएको छ।

    राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहि प्रतिनिधि सभामा पठाइएको सार्वजनिक सेवा प्रसारण विधेयकका सम्बन्धनमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराइ टेबुल गर्ने कार्यसूची छ।

    शिक्षा मन्त्री विद्या भट्टराईले प्रतिनिधि सभाबाट संसोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संसोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend