Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जनमत पार्टीका उपाध्यक्षले उठाए इपीजी प्रतिवेदन खारेजीको माग


३०, भदौ २०८१
  • 125
    SHARES
  • जनमत पार्टीका उपाध्यक्षले उठाए इपीजी प्रतिवेदन खारेजीको माग

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत प्रबुद्ध समूह (इपीजी) प्रतिवेदन बुझ्नका लागि भारतलाई दबाब दिइरहेको बेला जनमत पार्टीले सो प्रतिवेदनलाई स्वीकार गर्न नसकिने र त्यसको खारेजीका लागि मधेसीहरू आवाज उठाउनु पर्ने बताएका छन् ।

    जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले इपीजीको प्रतिवेदनले नेपाल–भारत सीमावर्ती बासिन्दाले भोगिरहेको समस्यालाई सम्बोधन नगरेकाले प्रतिवेदन स्विकार्न गर्न सकिने र त्यसलाई सम्पूर्ण मधेसीहरू एकजुट भएर खारेजीका लागि अबाज उठाउनुपर्ने बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘इपीजीमा सीमावर्ती क्षेत्रका जनताको प्रतिनिधित्व नभएकाले प्रतिवेदन पुनरावलोकन गर्नुपर्छ ।’

    प्रतिवेदनले नेपाल–भारत सम्बन्धको पुनरावलोकन गर्ने भनिए पनि, मधेसी समुदायको विशेष आवश्यकता र समस्या सम्बोधन नगरेको उल्लेख गर्दै उनले मधेसी समुदायको ऐतिहासिक सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्ध भारतसँग रहेको छ, जुन यो प्रतिवेदनले उपेक्षा गरेको उल्लेख गरेका छन् ।

    मधेसी समुदायको लागि नेपाल–भारत खुला सिमाना जीवनयापनको आधार हो बताउँदै उपाध्यक्ष साहले प्रतिवेदनले यसलाई कडा व्यवस्थापन गर्ने र नियन्त्रण गर्ने सुझाव दिन सक्ने र त्यसले मधेसीको दैनिक जीवनमा ठुलो प्रभाव पार्न सक्ने बताए ।

    सीमा क्षेत्रमा भइरहेको आप्रवासन, रोजगारी, र आर्थिक क्रियाकलापलाई सहज बनाउन प्रतिवेदनले ठोस योजना पेस गरेको उल्लेख गर्दै उपाध्यक्ष साहले नेपाल र भारतबिच मधेसमा हुने पारिवारिक, धार्मिक, र सांस्कृतिक सम्बन्ध प्रतिवेदनले कमजोर बनाउने बताएका छन् ।

    मधेसीहरू भारतमा रहेको सांस्कृतिक सम्पत्ति र धार्मिक केन्द्रहरूसँग गहिरो सम्बन्ध राख्छन् । यदि प्रतिवेदनले सीमालाई कडाइ गरेमा, यी सम्बन्धमा अवरोध उत्पन्न हुनेको बुझाइ रहेको छ ।

    मधेसीको लागि भारतसँगको सम्बन्ध राजनीतिक मात्र नभएर भावनात्मक र सांस्कृतिक पनि रहेको उल्लेख गर्दै यसलाई कमजोर पार्नु मधेसी समुदायको पहिचान र हक हितको हनन हुने बताउँदै उनले प्रतिवेदनमा जलस्रोत व्यवस्थापनका सन्दर्भमा काठमाडौँदेखि धेरै टाढा रहेको मधेसीहरूको अधिकारलाई बेवास्ता गरिएको बताएका छन् ।

    भारतसँगको जलस्रोत साझेदारीमा मधेसीहरूको आवाज नसमेटिँदा यसले विकास परियोजनामा उनीहरूको पहुँच र लाभलाई सीमित गर्न सक्ने बताउँदै उपाध्यक्ष साहले इपीजी प्रतिवेदनले सुरक्षा सम्बन्धी सुझावहरू दिनेछ, जसले मधेसमा सैन्य उपस्थिति र सीमा सुरक्षा कडाइ गर्न सक्ने सम्भावना रहेको बताए ।

    प्रतिवेदनले मधेसीहरूको राष्ट्रिय सुरक्षा चासोलाई समेट्न असफल भएको छ, जसले सशक्तीकरणको सट्टा उनीहरूको सुरक्षा कमजोर पार्न सक्छ । प्रतिवेदनले मधेसको भौगोलिक महत्वलाई ध्यानमा नराखी दुई देश बिचको सम्बन्धलाई पुनः परिभाषित गर्न सक्छ, जसले मधेसीहरूको सामरिक र आर्थिक सशक्तीकरणमा बाधा पुर्याउन सक्ने उनले बताए ।

    नेपाल–भारत सम्बन्धमा मधेसको विशेष महत्वलाई ख्याल नगरिएको र यसले मधेसी समुदायको भविष्यमा गहिरो असर पुर्‍याउने बताउँदै उनले प्रतिवेदनले मधेसी समुदायका यथार्थ समस्याहरू सम्बोधन नगरेकाले यसलाई खारेज गर्नका लागि मधेसी समुदायले एकजुट भएर माग उठाउनुपर्ने कुरामा जोड दिएका छन् । 

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend