Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बालेनप्रति प्रधानमन्त्रीको अभिव्यक्ति अस्वाभाविक : नेता भण्डारी


३०, भदौ २०८१
  • 150
    SHARES
  • बालेनप्रति प्रधानमन्त्रीको अभिव्यक्ति अस्वाभाविक : नेता भण्डारी

    काठमाडौँ । नेपाली कांग्रेसका नेता शङ्कर भण्डारीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अस्वाभाविक भएको टिप्पणी गरेका छन् ।

    आइतबार भण्डारीले जारी गरेको विज्ञप्तिमा भनेका छन्, त्यसका अतिरिक्त कुनै व्यक्ति विशेष तथा संस्था विशेषप्रति पनि प्रधानमन्त्रीका कडा र अस्वाभाविक टिप्पणीहरू बाहिर आएका छन् । जस्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित तिखा टिप्पणीहरू चर्चामा छन् ।

    भण्डारीले जनताबाट निर्वाचित मेयर महानगरलाई व्यवस्थित बनाउन क्रियाशील देखिएकाले उनीसँग कुनै समस्या भए बोलाएर छलफल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । विज्ञप्तिमा मुलुकको प्रधानमन्त्रीबाट सभ्य, सुसंस्कृत र परिपक्क व्यवहार तथा बोलीको अपेक्षा गरिएको उल्लेख छ ।

    ‘तर केही समयदेखि त्यस्तो अवस्था देखिएको छैन । पार्टी अध्यक्षको हैसियतले उहाँले पार्टी नेताहरूलाई विपक्षीका विरुद्धमा आक्रामक ढङ्गबाट प्रस्तुत हुन दिएको निर्देशनलाई आम नागरिकले सकारात्मक रूपमा लिएका छैनन्’ भण्डारीले भनेका छन् ।

    shankar_QKwJDZTte6.jpg

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend