Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ऊर्जामन्त्री खड्का र नेपालका लागि बङ्गलादेशका राजदूतबिच शिष्टाचार भेट


३०, भदौ २०८१
  • 102
    SHARES
  • ऊर्जामन्त्री खड्का र नेपालका लागि बङ्गलादेशका राजदूतबिच शिष्टाचार भेट

    काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीबीच शिष्टाचार भेट भएको छ । 

     उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा आज भएको भेटमा नेपाल र बङ्गलादेशबीचका उर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

    भेटमा उर्जामन्त्री खड्काले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र बङ्गलादेशमा बढ्दो उर्जा आवश्यकता रहकोले दुई देशबीचको उर्जा सहकार्यलाई अझ गहिरो बनाउन भेटले सहयोग पुगेको बताउनुभयो । 

    उहाँले आगामी दिनमा हुन लागेको दुई देशका सचिव तथा सहसचिवस्तरीय बैठकमा ठूला जलविद्युत आयोजना निर्माणमा सहकार्य, अन्तरदेशीय प्रसारण लाईनमा भारतीय पक्षको सहमति र विद्युत व्यापारको सुरुवातलगायत विभिन्न महत्वपूर्ण विषयमा छलफल तथा निर्णय हुने भएकाले उक्त वैठक फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । 

    उर्जामन्त्री खड्काले चाँडै नै नेपाल विद्युत प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत व्यापार निगमबीच ऐतिहासिक त्रिपक्षीय विद्युत व्यापार सम्झौतामा हस्ताक्षर गरी नेपालले भारतीय प्रसारण लाइनको प्रयोग गरी वर्षायाममा बङ्गलादेशमा विद्युत निर्यातले दुई देशबीच विद्युत व्यापारको ढोका खोल्ने बताउनुभयो । 

    मन्त्री खड्काले ६८० मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अगाडि बढेकोमा राजदूतावासबाट आवश्यक पहल हुने विश्वास व्यक्त गर्नुभयो । 

    भेटमा राजदूत चौधरीले बङ्गलादेशले चाँडै नै ४० मेगावाट विद्युत खरीद सम्झौता गरेर नेपाल र बंगलादेशबीचको उर्जा सहकार्यलाई अगाडि बढाउन खोजेकोे बताउनुभयो । उहाँले विद्युत उत्पादन, व्यापार र प्रसारण लाईनको विकासमा बंगलादेशले नेपाललाई सहयोग गर्ने उल्लेख गर्नुभयो । 

    राजदूत चौधरीले बंगलादेशले सिंचाईको नवीनतम माध्यामबाट कृषि क्षेत्रमा थोरै जमिनबाट धेरै उत्पादन गरिरहेको भन्दै उक्त प्रविधिलाई नेपालमा भित्र्याउनका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । 

    भेटमा उर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारीलगायतको उपस्थिती रहेको थियो ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend