Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महेश खरेलको टिप्पणी: सडक विभागको ठेक्काको अगाडि प्रधानमन्त्री पनि निरिह हुनुहुँदोरहेछ


३१, भदौ २०८१
  • 116
    SHARES
  • महेश खरेलको टिप्पणी: सडक विभागको ठेक्काको अगाडि प्रधानमन्त्री पनि निरिह हुनुहुँदोरहेछ

    काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले सडक विभागको ठेक्काको अगाडि प्रधानमन्त्री पनि निरिह बन्नुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् ।

    प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले धुलिखेलदेखि खावासम्मको सडकको विषयलाई लिएर यस्तो टिप्पणी गरेका हुन् ।

    तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँचखालको महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा आउँदा सो सडक तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिएपनि अझैसम्म बन्न नसकेको उनले बताए ।

    ‘धुलिखेलदेखि खावाको सडक पाँचखाल हरित मेला औद्योगिक ग्रामको शिलान्याय गर्न आउँदाखेरी प्रधानमन्त्रीले बोल्नुभएको काम पनि भएन । भनेपछि मुलुकमा प्रधानमन्त्री पनि सडक विभागको ठेक्काको अगाडि निरिह हुनुहुँदोरहेको छ भन्ने कुरा प्रष्ट हुन्छ,’– उनले भने ।

    उक्त सडक नबन्दा जनताले दुःख पाइरहेको, दुर्घटना बढेको, कयौं अंगभंग भएको उनले बताए । आफूले सडक नबनाउने ठेकेदार कम्पनीको मालिकलाई तुरुन्त पक्राउ गरियोस् भनेर सीडिओसहितको बैठकमा निवेदनसमेत दिएको उनले बताए । उक्त बाटा नबन्दा आफ्ना नगरबासीको ज्यान गएको, हातखुट्टा भाँचिएको उनले बताए । लामो समयदेखि धुलिखेल–खावा सडक लथालिङ्ग छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend