Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रविलाई दोषी ठहर गरेको छानबिन समितिको प्रतिवेदनमा हस्ताक्षर


३१, भदौ २०८१
  • 130
    SHARES
  • रविलाई दोषी ठहर गरेको छानबिन समितिको प्रतिवेदनमा हस्ताक्षर

    काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पूर्णता पाएको छ ।

    तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै आज हस्ताक्षर भएको हो । आज बसेको बैठकबाट हस्ताक्षर भएसँगै आजै प्रतिवेदनमाथि प्रतिनिधि सभा बैठकमा पेस हुनेछ ।

    समितिले रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीमा दोषी भएको निष्कर्ष निकालेको छ । समितिले लामिछानेसहित ९ जनालाई कारबाहीको लागि सिफारिससमेत गरेको स्रोतले जनाएको छ ।

    ‘समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले प्रतिवेदनले सहकारीसँग सम्बन्धित तमाम समस्या हल गर्न मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे । ‘सहकारी समस्यालाई हामीले पार्टीभन्दा माथि उठेर विकराल राष्ट्रिय समस्याका रुपमा लिएका छौं ।

    त्यसरुपमा हामीले गम्भीरतापूर्वक आत्मसात गरेका छौं । यसमा अपचलनका, ठगीका, दुरुपयोगका अनेकखाले प्रवृत्तिका बारेमा हामीले छलफल गरेका छौं,’– सभापति थापाले भने ।

    सघन परामर्श,अध्ययन र तथ्यहरु केलाएर प्रतिवेदन तयार पारिएको उनले बताए । प्रतिवेदन संसद्मार्फत कार्यान्वयनका लागि सरकारलाई पठाइने उनले बताए । प्रतिवेदन १८ परिच्छेदमा रहेको उनले बताए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend