Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रवि लामिछानेले सहकारी ठगी प्रकरणमा क्लिन चिट पाएको शिशिर खनालको दाबी


३१, भदौ २०८१
  • 153
    SHARES
  • रवि लामिछानेले सहकारी ठगी प्रकरणमा क्लिन चिट पाएको शिशिर खनालको दाबी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य शिशिर खनालले सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिमार्फत रवि लामिछानेले पूर्ण रुपमा क्लिन चिट पाएको दाबी गरेका छन् ।

    आज (सोमबार) संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले रवि लामिछानेमाथि लगाइएको आरोप पुष्टि नभएको बताएका हुन् ।

    ‘जुन आरोप माननीय रवि लामिछानेमाथि लगाइएको थियो, सहकारीको रकम अपचलन गरिएको छ, सहकारीको रकम हिनामिना भएको छ भन्ने आरोपबाट माननीय रवि लामिछानेले पूर्णरुपमा यो क्लिन चिट यो समितिमार्फत पाउनुभएको छ,’– खनालले भने ।

    समितिले प्राप्त प्रमाण र तथ्यहरुको आधारमा रवि लामिछानेको सहभागिता देखिँदैन भनेर निश्कर्ष निकालेको उनको दाबी छ ।

    ‘यो समितिले प्राप्त प्रमाण, तथ्यको आधारमा सहकारीबाट रकमको प्रवाह गर्ने क्रममा कुनै पनि ठाउँमा रवि लामिछानेको सहभागिता देखिँदैन भनेर यो प्रतिवेदनमा निश्कर्षको रुपमा हामीले लेखेका छौं,’– उनले भने ।

    रवि लामिछानेको खातामा रकम गएको विषयलाई लिएर नै समिति बनाइएको उनले बताए । मूल आरोपमा रवि लामिछानेको संलग्नता नभएको समितिको निश्कर्ष रहेको उनले बताए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend