Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गोर्खा मिडियाका रवि, छवि र जीबीसहित चार जनालाई कारबाही गर्न छानबिन समितिको सिफारिस


३१, भदौ २०८१
  • 152
    SHARES
  • गोर्खा मिडियाका रवि, छवि र जीबीसहित चार जनालाई कारबाही गर्न छानबिन समितिको सिफारिस

    काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले सहकारीमार्फत गोर्खा मिडियामा आएको रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेका अध्यक्ष गितेन्द्रबाबु राई, सदस्य कुमार रम्तेल, तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशीलाई कारबाहीको सिफारिस गरेको छ ।

    कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुने भएकाले कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुनुपर्ने समितिको निश्कर्ष छ । शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध गर्नैपर्ने समितिको ठहर छ ।

    ‘खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसवापत दायित्व ग्रहण ग्रहण गर्नु पर्दछ । सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रा.लि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारवाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,’– प्रतिवेदनमा भनिएको छ ।

    समितिले सहकारी कानुनविपरीत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह गर्ने सूर्यदर्शन बचत तथा ऋण सहकारी (पोखरा), सुप्रिम बचत तथा ऋण सहकारी (बुटवल), स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी (काठमाडौं), सहारा चितवन बहुउद्देश्यीय सहकारी (चितवन) र सानोपाइला बचत तथा ऋण सहकारी (वीरगञ्ज) का सञ्चालक र निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुन बमोजिमको कारबाहीको लागि सिफारिस गरेको छ । माथिका सहकारीबाट गोर्खा मिडियाले ६५ करोड रुपैयाँ अपचलन गरेको समितिको निश्कर्ष छ ।

    समितिले सहकारी बचत रकम अपचलनमा संलग्न रही फरार रहेका जीवी राई, थानबहादुर बुढामगर (सूर्यदर्शन पोखरा), दिनेश रोक्का (सहारा, चितवन), सागर केसी (सुप्रिम, बुटवल), तस्वीरण खातुन (सानोपाइला, विरगञ्ज) र भूपेन्द्र राई (स्वर्णलक्ष्मी, काठमाडौं) लाई शीर्घ खोजी गरी कानुनको दायरामा ल्याउन सरकारलाई निदेशन दिएको छ ।

    यसरी समितिले कारबाहीको लागि सिफारिस गरिरहँदा लामिछाने भने आफूले क्लिन चिट पाएको दाबी गरिरहेका छन् । संसद् बैठकबाट बाहिरिने क्रममा लामिछानेले भने, ‘सहकारी ठगीको जुन भनिएको थियो, मसँग प्रमाण छ, निवेदन हालेको यो छ, भन्ने ती सब कुरा फर्जी रहेछन् । त्यो त आरोप रहेछ । सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा पुष्टि भइरहेको छ । समितिले भनिसकेको छ ।’

    पुर्णपाठसहित हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस :

    Sahakari samiti.pdf :To download file click here

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend