काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना रुस प्रस्थान गरेकी छन् ।
रुसको सेन्टपिटर्सवर्गमा यही असोज २ देखि सुरु हुने कार्यक्रममा भाग लिन उनी आज बिहान फ्लाई दुबईको उडानमार्फत त्यसतर्फ गएकी हुन् ।
उपसभामुख राना रुस र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधानसभाको आयोजनामा हुने चौथो युरेसियन महिला फोरममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी असोज ५ गते स्वदेश फर्कने छिन् ।