Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लोसपा त्यागेका राजेन्द्र महतोले घोषणा गरे नयाँ पार्टी


१, असोज २०८१
  • 145
    SHARES
  • लोसपा त्यागेका राजेन्द्र महतोले घोषणा गरे नयाँ पार्टी

    काठमाडौं । पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् ।

    मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महतोले आफ्नै नेतृत्वमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक पार्टी घोषणा गरेका हुन् ।

    पार्टी घोषणा गर्दै महतोले देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार सँस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै पहिचान, वर्ग, समुदाय,धर्म, जात—जाति,क्षेत्र,लिङगका जनतालाई अधिकार, पहिचान, स्वाभिमान, स्वशासन, सुशासन, सम्बृद्धि, सामाजिक न्याय तथा सभ्यता र संस्कृतिको रक्षाको निमित्त हिमाल, पहाड, तराई मधेशका जनता अब सँगै मिली एकतावद्ध भई राष्ट्रिय मुक्ति क्रान्त्ति गर्नु अपरिहार्य भएको बताएका छन् ।

    नयाँ पार्टी घोषणा गरेका महतोले तत्कालै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिईने पनि जानकारी दिएका छन् । महतोले घोषणा गरेको नयाँ पार्टीलाई सामाजिक अभियान्ता सुमन सायमीले पनि साथ दिएका छन् । गत आम निर्वाचनमा काठमाडौं ८ बाट स्वतन्त्र उम्मेदवार बनेका सामयी दोस्रो भएका थिए । त्यसयता उनी महतो नेतृत्वको अभियानमा सक्रिय बनेका थिए ।

    यस्तो छ नयाँ पार्टी घोषणा गरेका महतोको विज्ञप्ति

    आदरणीय सञ्चारकर्मी मित्रहरु,

            विषय : पार्टी घोषणा गरिएको बारे । 

    राष्ट्रिय मुक्ति क्रन्ति २०८० फाल्गुन १४ गते देखि एउटा अभियानको रुपमा सञ्चालन भइरहेको र विगत ६ महिना देखि राष्ट्रिय मुक्ति क्रान्तिले नेपाली इतिहासमा पहिलो पटक एकल राष्ट्रिय राज्य नेपाललाई वहुलराष्ट्रिय राज्यमा रुपान्तरण गर्ने लक्ष्य औपचारिक रुपमा नै प्राप्तिको लागि अग्रसर रहेको छ ।

    स्वदेशवाद, बहुलराष्ट्रवाद, सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्त मार्फत नेपाललाई बहुलराष्ट्रिय राज्यको रुपमा रुपान्तरणको निमित्त राष्ट्रिय मुक्ति क्रान्तिले अभियानमा निरन्तरता, संघर्षमा जोड र विद्रोहको तयारी अर्थात अभियान—संघर्ष—विद्रोहको त्रियाङगी कार्यदिशाले नेपाली जीवन जगतको मुख्य तीन सामाजिक—साँस्कृतिक, राजनीतिक र आर्थिक पक्षहरुमा अन्तर्निहित ज्ञान, समाज व्यवस्था र अर्थतन्त्रको पुनर्मूल्याङकन, पुनर्संरचाना र पुनस्थापना गर्दै मुलुकलाई छद्मभेषी आधुनिकीकरण मार्फत विस्तार गरिएको विध्वंसकारी पश्चिमीकरण र औपनीवेशिकताको शक्ति संरचना ध्वसं गर्दै राज्यको नयाँ स्वादेशीकरण मार्फत वास्तविक “राज्य एकीकरण” सम्पन्न गराउँदै शान्ति र समृद्धिको यात्राको नेतृत्व गर्ने लक्ष्यका साथ कार्य गर्दै आइरहेको छ । यस क्रममा दुई चरणको प्रचारात्मक कार्यक्रम मार्फत वृहत सम्वादात्मक कार्यक्रमदेखि सडक संघर्ष सम्मको कार्यक्रम सम्पन्न गरेको छ । प्रचारात्मक कार्यक्रम गर्ने क्रममा पूर्वी नेपालको पाँचथर(फेदेम) देखि बाग्लुङको बुर्तिबाङ हुँदै दाङको घोराहीसम्म तथा मेचीदेखि महाकालीसम्म जाँर्दै गर्दा आम जनतामा मुलुकमा हाल विद्यमान निराशै निराशाको विचमा स्वदेशवादी विचारधाराले एउटा आशा र भरोसा पैदा गरेको देखियो । मुलुकमा एकल राष्ट्रिय राज्यको चिन्तन सोचबाट संविधान निर्माण र राज्यको सञ्चालन भईरहेको कारणले नेपाल सबै नेपालीको बन्न सकेन ।

    त्यसैले, देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार सँस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै पहिचान, वर्ग, समुदाय,धर्म, जात—जाति,क्षेत्र,लिङगका जनतालाई अधिकार, पहिचान, स्वाभिमान, स्वशासन, सुशासन, सम्बृद्धि, सामाजिक न्याय तथा सभ्यता र संस्कृतिको रक्षाको निमित्त हिमाल, पहाड, तराई मधेशका जनता अब सँगै मिली एकतावद्ध भई राष्ट्रिय मुक्ति क्रान्त्ति गर्नु अपरिहार्य भएको छ ।

    तसर्थ, एकातर्फ आम जनताले अभियानको रुपमा संञ्चालन भइरहेको राष्ट्रिय मुक्ति क्रान्त्तिलाई अब पार्टीको रुपमा संञ्चालन गर्न व्यापक जनदवाव सृजना गरिरहेकोले र प्रचारात्मक कार्यक्रमको प्रभावले उत्सर्जित शक्ति र पूंजीलाई संस्थागत र व्यवस्थित गर्न राजनीतिक दलको आवश्यकता महसुस भएको छ भने अर्कोतर्फ हाल संचालित अभियानको चरणबाट आगामी मंसिर देखि ससक्त शान्तिपूर्ण संघर्ष र विद्रोहको चरणमा प्रवेश गर्ने कार्यदिशा रहेको र त्यस भन्दा पहिले नै राष्ट्रिय मुक्ति क्रान्तिले उठाएका मांग र मुद्धालाई देश, जनताको अगाडी औपचारिक रुपले अल्टिमेटम सहित सार्वजनिक गर्ने कार्यक्रम पार्टीको तर्फबाट गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै तत्काल नै अभियानलाई पार्टीको रुपमा रुपान्तरण गर्ने गरी राष्ट्रिय मुक्ति क्रान्तिको मिति २०८१ असोज १ गते बसेको राष्ट्रिय समितिको बैठकले श्री राजेन्द्र महतोको अध्यक्षतामा “राष्ट्रिय मुक्ति क्रान्ति नेपाल” नामक राजनीतिक दल गठन गर्ने निर्णय गरेको छ । बैठकले सोको जानकारी निर्वाचन आयोगलाई दिने र कानुनी सबै प्रकृया पूरा गरी विधिवत रुपमा निर्वाचन आयोगमा दल दर्ता सम्वन्धि सवै कागजातमा हस्ताक्षर गर्ने तथा दल दर्ता गराउन सबै अधिकार राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष श्री राजेन्द्र महतोलाई दिने निर्णय गरेको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend