Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जनताको निराशा रोक्न दुई ठुला दल मिलेर सरकार बनाइयो : उपप्रधानमन्त्री सिंह


१, असोज २०८१
  • 132
    SHARES
  • जनताको निराशा रोक्न दुई ठुला दल मिलेर सरकार बनाइयो : उपप्रधानमन्त्री सिंह

    काठमाडौँ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतामा भएको निराशा रोक्न दुई ठुला दल मिलेर सरकार बनाएको बताएका छन् ।

    धनगढी उपमहानगरपालिको १०औँ स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने, ‘८/९ महिनामा सरकार परिवर्तन हुँदा कामले गति लिन सकेन । सरकार नै टिक्दैन, के काम हुन्छ भनेर जनतामा निराशा थियो । त्यसलाई रोक्न यो सरकार बनेको हो ।’ उपप्रधानमन्त्री सिंहले स्थिर सरकार नहुँदा जनअपेक्षा अनुसार काम हुन नसकेको बताए ।

    अर्थतन्त्रमा आएको मन्द गतिलाई लयमा फर्काउन सरकार लागिरहेको उनले दाबी गरे । उनले संविधान जारी भइसकेपछि कार्यान्वयनमा आएका अप्ठ्यारालाई सहज गर्न आवश्यक ठाउँमा संशोधन गर्न कांग्रेस र एमालेबिच सहमति भएको बताए ।

    उपप्रधानमन्त्री सिंहले सबै राजनीतिक दल मिलेर संविधान निर्माण गरेको बताउँदै संविधानमा भएका जनताका अधिकार खोसिन लागेको भन्ने कुरा गलत भएको बताए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend