Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रवि लामिछाने निरंकुश बन्न खोजेको आरोप, आफ्नो प्रतिवेदनमाथि छलफल निषेध


२, असोज २०८१
  • 193
    SHARES
  • रवि लामिछाने निरंकुश बन्न खोजेको आरोप, आफ्नो प्रतिवेदनमाथि छलफल निषेध

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको आलोचना भएको छ ।

    सभापतिले पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल नै गर्न नदिने भएपछि भेलामा सहभागी भएकाहरुले गुनासो पोखेका छन् ।

    ठूला र पूराना दलको नेताहरुले समेत आफ्नो प्रतिवेदनमाथि छलफल गराएको ताजा दृष्टान्त हुँदाहुँदैपनि नयाँ दलको सभापतिले यस्तो व्यवहार गर्नु गलत भएको भेलामा सहभागीहरुले गुनासो पोखेका छन् ।

    सहकारी ठगी प्रकरणमा छानबिन समितिले कारबाहीको लागि सिफारिश गरेपछि लामिछाने आँत्तिएको चर्चा छ । अब लामिछानेको प्रतिवेदनमाथि छलफल नै नगरी पारित गरिने भएको हो ।

    लामिछानेको बोली एक र व्यवहार अर्कै भएकोले उनीबाट परिवर्तनको आश राख्नु गलत हुने रास्वपाकै कार्यकर्ता तहबाट आलोचना सुरु भएको छ ।

    राष्ट्रिय भेलामा यसअघि पेश भएका प्रदेशस्तरीय प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोग, संसदीय अभ्यासका प्रतिवेदनमाथि भने छलफल भएको थियो ।

    तर, पार्टी जीवनमा महत्वपूर्ण मानिने पार्टी नेतृत्वको राजनीतिक प्रतिवेदनमाथि भने छलफलमा निषेध लगाईएपछि आलोचना सुरु भएको हो । कतिपयले रवि लामिछाने निरंकुश बन्न खोजेको पनि भनेका छन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend