Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पछिल्लो पाँच वर्षमा ५४ कर्मचारी र ९६ सांसदले गरे विदेश भ्रमण 


२, असोज २०८१
  • 144
    SHARES
  • पछिल्लो पाँच वर्षमा ५४ कर्मचारी र ९६ सांसदले गरे विदेश भ्रमण 

    काठमाडौँ । पछिल्लो समय कर्मचारी राष्ट्रिय सभा अध्यक्ष‚ उपाध्यक्ष तथा प्रतिनिधिसभा सभामुख‚ उपसभामुख सहित सांसदहरूको विदेश यात्राको मोह बढेको छ ।

    २०७४ सालको आम निर्वाचन पश्चात् संघीय संसद्का ९६ जना सांसदहरूले विदेश यात्रा गरेका छन् । सो अवधिमा ५४ जना सांसदको स्वकीय देखि संसद् सचिवालयका कर्मचारीहरू विदेश भ्रमणमा गएको संसद् सचिवालयले जानकारी गराएको छ ।

    संघीय संसद् सचिवालयले जारी गरेको तंथ्याकअनुसार राष्ट्रिय सभा अध्यक्ष‚ उपाध्यक्ष तथा प्रतिनिधि सभा सभामुख‚ उपसभामुखसहित ९६ जनाले विदेश भ्रमण गरेका हुन् ।

    यसले आफ्नो देशको नागरिकहरूमा सकारात्मक सन्देश गएको भने मान्न सकिन्न । त्यस कारण माथिल्लो ओहोदाका व्यक्तिको विदेश भ्रमण समय-समयमा चर्चा, विवाद र आलोचनाको विषय बन्ने गरेको छ ।

    अध्ययन, सेमिनार आदि विभिन्न कार्यक्रममा सहभागी हुन माथिल्लो ओहोदाका व्यक्तिहरू विदेश जाने गरेका गर्छन् । कर्मचारीहरू सित्तैमा घुम्न पाइने, गतिलो भत्ता उपलब्ध हुने आदि कारण उनीहरू विदेश भनेपछि हुरुक्क हुने गरेको विदेश जान नपाएका माथिल्लो ओहोदाकै व्यक्तिहरू बताउने गर्छन् ।

    संसद् सचिवालयका अनुसार २२ भदौ २०७५ मा पहिलो पटक सभामुख कृष्णबहादुर महरा सहित सांसदहरू शान्तिमाया तामाङ‚ रंगमती शाही‚ उमा शंकरअरगरिया‚ एकवाल मियाँ‚ दुर्गा पौडेल चाइना गएका थिए । ‘चाइना तिवेत टुरिजम कल्चर’ नामक कार्यक्रममा उनीहरू ५ दिने भ्रमणमा चाइना गएका थिए ।

    २०७९ को आम निर्वाचन अघि अन्तिम पटक भने ०५ मङ्सिर २०७९ मा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना सहित सांसदहरू डा.विमला राई पौड्याल र खिमलाल देवकोटा विदेश गएका थिए ।

    ४३ औँ अन्तर संसदीय महासभामा भाग लिन उनीहरू ५ दिनका लागि कम्वोडिया गएका थिए । भ्रमण टोलीमा राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँल‚ उपसचिव प्रदीप गुरागाईँ‚ शाखा अधिकृत पवन महत‚सिनियर अहेब डा.पुष्पराज रिजाल थिए ।

    तालिमको लागि विदेश जानुलाई नराम्रो भन्न मिल्दैन । तर विदेश भ्रमणसँगै हुने सरकारको करोडौँको अनियमितता, दोहोरो सुविधा लिने प्रवृत्ति, अनावश्यक शीर्षकमा विदेश जानेहरूका कारण उनीहरू स्वयम् बदनाम छन् । यस्ता विषयमा छानबिन र भ्रमणसम्बन्धी निश्चित मापदण्ड ल्याएर त्यसलाई कार्यान्वयन गराउन सके मात्र भ्रमणको उपयोगिता साबित हुने देखिन्छ । 

    सूचीसहित हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस :

    5-years-visit.pdf :To download file click here

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend