Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपाका संगठित सदस्यको संख्या झण्डै डेढ लाख पुग्यो, कुन प्रदेशमा कति ?


२, असोज २०८१
  • 186
    SHARES
  • रास्वपाका संगठित सदस्यको संख्या झण्डै डेढ लाख पुग्यो, कुन प्रदेशमा कति ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संगठित सदस्य संख्या १ लाख ४० हजार नाघेको छ ।

    पार्टीको मंगलबारबाट काठमाडौंमा जारी प्रथम राष्ट्रिय भेलामा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदनमा पार्टी सदस्यको संख्या १ लाख ४० हजार भन्दा धेरै रहेको उल्लेख गरेका छन् ।

    बुर्लाकोटीले उल्लेख गरेको संख्या तीन वर्ष अघि बनेको नेकपा एकीकृत समाजवादीको भन्दा धेरै हो । हाल एकीकृत समाजवादीमा करिव १ लाख ३२ हजार संगठित सदस्य संख्या रहेका छन् ।

    रास्वपाको प्रतिवेदन अनुसार बागमतीमा ४१ हजार ३३४, कोशीमा २२ हजार ८५६, मधेसमा ११ हजार ४३३, गण्डकीमा १९ हजार २०३, लुम्बिनीमा २३ हजार ३०३, सुदूरपश्चिममा १६ हजार ६७७ र कर्णालीमा ५ हजार ३८६ सदस्य छन् ।

    रास्वपाले यो अवधिमा संघीय निर्वाचन क्षेत्रका १६५ मध्ये १४८ क्षेत्रमा बनाएको कार्यबाहक महामन्त्री बुर्लाकोटीले प्रतिवेदनमा लेखेका छन् ।

    पालिका अनुसार कोशीका १३६ पालिकामध्ये ६९, मधेसका १३६ मा ४६ पालिका, बागमतीमा ११९ पालिकामा ९३ मा, गण्डकीका ८५ पालिकामा ४२, लुम्बिनीका १०९ पालिकामध्ये ७६ र सुदूरपश्चिममा ८८ मा ५२ पालिकामा संगठन बनेको प्रतिवेदनमा लेखिएको छ ।

    बुर्लाकोटीले २०८२ वैशाखमा प्रथम महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् । यस वर्षको चैतमा जिल्लासँगै त्यस मातहतमा रहेका संरचनामा अधिवेशन गर्ने र अर्को वर्षको पहिलो महिना (वैशाखमा) प्रदेश र केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बुर्लाकोटीले प्रस्ताव गरेका छन् ।

    मंगलबारदेखि सुरु भएको राष्ट्रिय भेला आज सकिँदैछ । भेलाले राष्ट्रिय महाधिवेशनको मिति र स्थान तय गर्ने भएको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend