Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वर्तमान संविधानलाई ठीक भन्ने व्यक्ति दास वा राजनीतिक कमैया हो : ज्ञानेन्द्र शाही


३, असोज २०८१
  • 218
    SHARES
  • वर्तमान संविधानलाई ठीक भन्ने व्यक्ति दास वा राजनीतिक कमैया हो : ज्ञानेन्द्र शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले व्यवस्था परिवर्तनका बहानामा नाममात्रै परिवर्तन गरेर जनतालाई बेकुफ बनाउने काम भएको बताएका छन् ।

    संविधान दिसवको अवसर पारेर आम जनता पार्टी (आजपा) ले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको ‘नेपालको संविधान समाधान कि समस्या’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजाको पाउमा दाम चढाएका र पञ्चायत कालमा मन्त्री बनेकाहरुले अहिले पनि शासन चलाएर व्यवस्था परिवर्तन भयो भनिरहेको बताए ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै नेता शाहीले गणतन्त्रको नाममा व्यक्ति, सिस्टम र आचरण परिवर्तन भएर नाममात्रै परिवर्तन भएको बताएका हुन् ।

    ‘आचरण एउटै, काम एउटै, सिस्टम एउटै, व्यवस्था एउटै, नाममात्रै परिवर्तन गरेर हुन्छ । यहाँ पटक–पटक व्यवस्था परिवर्तन गर्यौं भन्छन् । के परिवर्तन गर्यौ ? पञ्चायत कालमा मन्त्री भएकाहरु गणतन्त्रमा पनि छन् । राजाको खुट्टामा दाम चढाएका शेरबहादुर देउवा र केपी ओली यो देशको प्रधानमन्त्री र दलको नेता भएर बसेका छन् । व्यक्ति परिवर्तन भयो ? भएन । सिस्टम परिवर्तन भयो ? भएन, नाममात्रै परिवर्तन भयो,’– उनले भने ।

    नेता शाहीले नेपालको संविधानमा नागरिकहरुका लागि मौलिक हकको व्यवस्था गरिए पनि त्यो कार्यान्वयन नहुँदा शासकहरुलाई कारबाही गरिने कुराको सुनिश्चितता गर्न नसकेको बताए । सांसदबाट विकास र प्रहरीबाट न्याय खोजेर जनताले पनि अहिले पञ्चायती व्यवस्था मानिरहेको उनको टिप्पणी छ । ‘जनताले पञ्चायत व्यवस्था मानिरहेका छन् । सांसद्ले विकास गरोस् सोचिरहेका छन्, पुलिसले न्याय दिन्छ भनिरहेका छन् । जनताको माइन्ड अहिले पनि पञ्चायतकै छ,’– उनले भने ।

    वर्तमान संविधानकै कारण जनता अहिले अन्यायमा रहेको उनले बताए । न्याय पाउन नसक्दा सर्वसाधरणहरुले सर्वोच्च अदालत अगाडि आत्महत्या गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘विचरा जनताले न्याय नपाएर सर्वोच्च अदालत अगाडि आत्महत्या गर्न बाध्य भइरहेका छन्,’– उनले भने ।

    वर्तमान व्यवस्था ठीक भन्ने व्यक्ति दास वा राजनीतिक कमैयाबाहेक अर्को कोही हुन नसक्ने उनको भनाइ छ । नेता शाहीले लुट्न पाएकाहरुले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई ठीक भनिरहेका बताए । ‘यही व्यवस्था ठीक भन्नेमान्छे राजनीतिक कमैया र दासबाहेक अरुले भन्दैन । जसले खान पाएको छ, जसले स्थानीय तह लुट्न पाएको छ, जसले प्रदेश लुट्न पाएको छ । त्यो परिवर्तन गरौं भन्दा हामीलाई तिमीले राजा ल्याउन लागेको ? भन्छन् हामीलाई,’– उनले भने ।

    साथै, उनले संविधानमा रहेको न्याय परिषद्को व्यवस्थाको पनि विरोध गरे । न्याय परिषद्भित्र नेता बसेर राजनीतिक दलको कार्यकर्तालाई न्यायाधीश बनाइएको उनले बताए । सोही कारणले न्यायीक फैसलामा त्रुटी पाइएको उनले बताए । संविधानको धारा १५३ मा रहेको न्याय परिषद् सम्बन्धी व्यवस्था खारेज गरिनुपर्ने उनले बताए ।

    ‘कुनै पनि अदालतको न्यायाधीश नियुक्ति गर्ने न्याय परिषद्ले हो । न्याय परिषद्भित्र नेताहरु बसेका छन् । अनि राजनीतिक दलको कार्यकर्तालाई लगेर न्यायाधीश बनाउँछन् । त्यो कार्यकर्ताले न्याय दिन्छ ? उसले फैसला सबै गलत दिन्छ । यो संविधानको धारा १५३ को कमजोरी हो । यसलाई संशोधन गरौं,’– उनले भने ।

    वर्तमान व्यवस्था विदेशीले ल्याएको उनको आरोप छ । नेता शाहीले नेपालको संविधानका केही धाराहरुले देशको भन्दा पनि विदेशीहरुको हित गरेको उनले बताए । ‘म ३१ वर्ष भएँ । यो व्यवस्था आएको ३३ वर्ष भएछ । यो विदेशीहरुले ल्याएको व्यवस्था हो । यो संविधान संशोधन नगरी देश बन्दैबन्दैन । संविधान संशोधन गर्नुपर्ने आवश्यक्ता छ । संविधानका केही धाराहरुले देशको हितभन्दा पनि विदेशीको फेबरमा काम गर्छन्,’– नेता शाहीले भने ।

    नेता शाहीले नेपालमा राजतन्त्र कानुनी प्रक्रियाबाट नफालिएको दाबी गरे । उनले अहिले पनि राजा कि संघीय लोकतान्त्रिक गणतन्त्र भनेर जनमत संग्रहमा जाने आँट गर्न चुनौति दिए । ‘यदि देश बनाउने इच्छा छ र झुठ बोलेको होईन भने जनतामा जाऔं । प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थामा जाऔं । राजाको कुरा भोलि जनमत संग्रह गरौंला । जनताले माने ठीकै छ । किन भने जनताभन्दा ठूलो कोही छैन । जनमत संग्रहमा जाऔं न त,’– उनले भने ।

    जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जाने हो भने वर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुलाई जनताले जिताएर नपठाउने उनको दाबी छ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी, स्वतन्त्र सांसद र प्रदेश खारेजी अहिलेको तत्कालीन आवश्यक्ता रहेको उनले बताए ।

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend