Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विदेशीहरूको पक्षपोषण गर्ने यो संविधान खारेज गर्नुपर्छ : प्रभु साह


३, असोज २०८१
  • 106
    SHARES
  • विदेशीहरूको पक्षपोषण गर्ने यो संविधान खारेज गर्नुपर्छ : प्रभु साह

    काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान बाहिर हेर्दा नेपालको संविधान भनिएपनि अन्तर्यमा हेर्दा यो दलाल, भगौडा र विदेशीहरुको पक्षपोषण गर्ने संविधान भएको आरोप लगाएका छन् ।

    आज (बिहीबार) आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले आयोजना गरेको ‘नेपालको संविधानः समाधान कि समस्या’ विषयक अन्तरक्रियालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै पूर्वमन्त्री साहले अहिलेको संविधानले नेपाली जनताको भाग्य र भविष्य नबनाउने दाबी गर्दै यसको खारेजी गरिनुपर्ने आवश्यकत्ता औंल्याए ।

    उनले भने,‘यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन् । यसले नेपाली जनताको भाग्य र भविष्यलाई उज्जवल गर्दैन् । यसले नेपाललाई बर्बादमात्रै गर्नेछ भन्ने कुरा यो १० वर्षको घट्नाक्रमले पुष्टि गरिसकेको छ । हामीले पनि हेरिसकेका छौं । कसैले भुलवश यो नेपालको संविधान र नेपालको सरकार नेपालीकै हो भन्ने भ्रममा हुनुहुन्छ भने आजैबाट त्यो भ्रम हटाईदिन आग्रह गर्न चाहन्छु । कसैले नेपालकै सरकार हो भन्यो भने म त्यसलाई सोध्न चाहन्छु–अहिलेको प्रधानमन्त्री केपी ओलीजीसँग सोध्न चाहन्छु–साँच्चै तपाईं नेपालकै प्रधानमन्त्री हो ? नेपाली जनताकै प्रधानमन्त्री हो ? तपाईंको जिउमा नेपालीकै रगत र पसिना छ, यदि छ भने जसले नेपालको नागरिकता त्यागे, उनीहरुको पैत्तिक सम्पत्ति कहाँ छ ? त्यो सोध्न चाहन्छु । हेक्टर हेक्टरका जग्गा बेचेर नेपालीहरुले पैसा अमेरिका, अष्ट्रेलिया लैजान मिल्छ कि मिल्दैन् ? नेपालीहरुको भूभाग, जमिन, पूर्वजले आर्जिएको जमिन अमेरिका लैजान मिल्छ ? म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु तपाईं साँच्चै नेपाल र नेपालीहरुको प्रधानमन्त्री हो भने ती सम्पत्ति कहाँ छन् ? त्यसको जवाफ दिनुहोस । नेपाली जनता जान्न चाहन्छन् ।’ श्रमिकहरुले पठाएको रेमिट्यान्स कहाँ छ भनेर पनि उनले अहिलका शासकलाई सोधे ।

    नेपालको अर्थतन्त्र धराशयी भएको र नेपालीहरुलाई विदेशमा कमाउने र विदेशमा नै आश्रित हुने बनाईएको भन्दै उनले आक्रोश पोखे । उनले भने,‘यहाँ ज्ञानेन्द्र शाहीजीले जुम्लाको स्याउको कुरा गर्नुभयो, अलिक माथि उठ्नुपर्यो । नेपालका सबै उत्पादन धराशयही बनाईयो । अनि विदेशी वस्तुमा निर्भर गरियो, किनकी यहाँको सरकार विदेशीको पक्षपोषण गर्ने छ । दलाल र भगौडाहरुको पक्षपोषण गर्नेछ । यसमा कहीँ कतै द्धिविधा नहोस भनेर म भन्छु । अहिले नेपालमा त नेपाली पोशाक, टोपी लगाउने अनि काम चाहीँ विदेशीको गर्ने भएको छ । यो छद्यमभेषी राजनीतिबाट बाहिर आउनुपर्छ ।’

    पूर्वमन्त्री साहले अहिलेको संविधान स्वरूपमा खिचडी चरित्रको भएको दाबी गरे । उनले भने,‘अहिलेको संविधानको प्रवृत्ति र चरित्र लुटकारी छ । यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन, यसले नेपाली जनताको होईन, विदेशीहरुको पक्षपोषण गरेको छ । यहाँ विदेशी ईन्ट्रेष्टमा काम हुन्छ । प्रभु साह पूर्वाग्रहमा बोलिरहेको छैन् । म कुनै आग्रह वा पूवाग्रहमा हिँड्ने मान्छे पनि होईन । यो संविधान र व्यवस्थाको लागि मैले ठूला ठूला लडाईं लडेको छु ।’

    नेपालको बदलवाको लागि नेपाली जनताले विभिन्न आन्दोलन र जनयुद्धमार्फत ठूलो त्याग र बलिदानी दिएको उनले स्मरण गराए । त्यसमा आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै उनले भने–‘प्रभु साह भनेको एउटा जिउँदो सहीद हो । भाग्य र सञ्जोगले बाँचेको हुँ । यातनाको एउटा किताब हो–प्रभु साह । यातनाको एउटा कथा हो–प्रभु साह । म नेपाली सेनाको झण्डै वर्षौको यातनाको शिकार भएको हुँ । त्यतिवेला म बाँचेको हुँला भनेर कसैले पनि सोचेका थिएनन् । यसरी वर्षौ सेनाको हिरासतमा बिताएको र यातनाको एउटा ठूलो किर्तीमान कायम गरेको मान्छे हुँ, म नेपालको बदलावको लागि लडेको हुँ । म जतिवेला जनआन्दोलन, जनयुद्ध र विभिन्न आन्दोलनमा लडिरहेको थिएँ, तपाईंहरु के गर्दै हुनुहुन्थ्यो, दुनियाँले हेरिरहेको छ । म अन्तरिम संविधानदेखि अहिलेसम्म संसद्मा छु । म आक्कलझुक्कल जित्ने मान्छे होईन । ०६३ सालदेखि लगातार संविधान निर्माणको प्रोसेसमा छु ।

    उनले भने, म देशमा बदलवाको लागि लडेको थिएँ । नेपाली जनताले देशमा लोकतन्त्रको लागि लडेका थिए । संघीयता र गणतन्त्रको लागि लडेका थिए । समावेशी–समानुपातिक प्रतिनिधित्वको लागि लडेका थिए । धर्मनिरपेक्षताका लागि लडेका थिए । त्यसको एंगेलबाट एकचोटी समिक्षा गर्नुभएको छ ? संविधानसभामा प्रभु साहको मेजर भूमिका थियो । म संविधान मस्यौदा समितिमा थिएँ । र, मैले राजीनामा दिएँ । राप्रपा पार्टी त्यतिवेला २० सिटको थियो । तर, संविधान जारी गर्दा हात्ती आयो हात्ती आयो फुस्स भयो । त्यसैले राप्रपालाई संविधानको विरोध गर्ने नैतिक आधार छैन् । म माओवादीबाट सदस्य थिएँ । माओवादी पार्टीको ह्वीप, आदेश तोडेर ६०१ सांसदमा एउटा प्रभु साह हो, जसले यो संविधानलाई भगौडा, दलालको पक्षपोषण गर्ने र देशलाई बर्बाद गर्ने र नेपाली जनताको संविधान होईन, यो त धोकाको दस्तावेज हो भनेर विरोध गरेको मान्छे हुँ । यसमा मैले सिग्नेचर गरेको छैन् । त्यतिवेला मैले कुनै राजनीतिक स्टण्ट गरिनँ । म व्यापार गर्न गईनँ । म बोर्डरमा गएर व्यापार गर्ने मान्छे होईन । म त देश र जनताको लागि रगत बगाएर आएको मान्छे थिएँ, देश र जनताको लागि संविधान बनाउन खोजेको थिएँ । तर, प्रचण्डले गद्दारी गर्यो, म गद्दारको शिकार हुन सक्दिनँ, त्यसको साक्षी बस्दिनँ भनेर सिग्नेचर गरिनँ, त्यसमा मलाई गौरव छ ।’

    सासंद साहले नेपालमा अहिले लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको टिप्पणी गरे । उनले भने,‘मैले यो कुरा आज भनेको होईन, आजभन्दा १० वर्षअघि नै भनेको थिएँ । नेपालमा अब लोकतन्त्र रहेन, यो त दलतन्त्र भयो भनेर भनेको थिएँ । लोकतन्त्रमा निर्वाचित संस्थाको सुप्रिमेसी हुन्छ । नेपालमा जनताबाट निर्वाचित जनप्रतिनिधिहरु डोमिनेट छन् । हिजो पञ्चायतकालमा जसरी जनप्रतिनिधिहरु राजाबाट डोमिनेट थिए, अहिले दलबाट डोमिनेट छन् । मैले यो संसद्लाई मैले लोकतन्त्रको मन्दिर भनेको छैन, यो त दलहरुको कारिन्दाको समारोह भनेको छु ।’

    उनले नेपालमा निर्वाचन प्रणालीको विकृतिको कुरा उल्लेख गर्ने क्रममा समानुपातिक मतबाट को सांसद बन्छ भन्ने कुरा मत हालेका जनतालाई थाहा नहुनु जनताप्रति गद्दारी भएको दाबी गरे । यस्तै, संघीयतालाई पनि पहिचान र अधिकारविहीन बनाईएको उनको आरोप छ ।

    पूर्वमन्त्री साहले भारत र चीनजस्तो भीमकायी जनसंख्या भएका देशमा जम्मा ३७ र ३४ वटा सरकारमात्रै रहेको तर नेपालजस्तो तीन करोड जनसंख्या भएको देशमा ७६१ वटा सरकार बनाईएको भन्दै आक्रोश पोखे । उनले संघीय शासन भएका कुनैपनि देशमा तीन तहका सरकार नभएको तथ्यांक पेश गरे । उनले नेपालमा भने तीन टायरको सरकार बनाईएको भन्दै आलोचना गरे ।

    उनले नेपालमा शासक वर्गलाई नै आरक्षण दिएको भन्दै आलोचना गरे । उनले अहिले दलतन्त्र र दलका नेताहरू मालामाल भएको र जनता लाचार हुनुपरेको अवस्था रहेको सुनाए । उनले जनताको शासन ल्याउनुपर्ने आवश्यकत्ता औंल्याए । उनले पूरानै दलमा सवार भएर देश र जनताको लागि राम्रो गर्न नसक्ने निश्कर्ष निकालेर आफूले नयाँ दल खोलेर जनताको सेवामा समर्पित भएको बताए ।

    जनयुद्ध र जनआन्दोलनमा आफूहरुले ठूलो त्याग गरेको भएपनि त्यसमा ठूलो व्यापार र गद्दारी भएको उनको आरोप छ । उनले भने,‘आज यी नेताहरु नाँगो भइसकेपछि र उनीहरुको कुकर्म नाँगो भैसकेपछि अब कलाकारहरुलाई आफ्नो कभर बनाउँदैछन्, संविधान दिवस मनाउने भनेर नाटक गरिरहेका छन् । हिन्दीमा एउटा भनाई छ–जब गिधरकी मौद आती हे, तो उ शहरकेतर्फ भाग्ती हे, आज यी नेताहरु दरबारतिर गैरहेका छन् । नारायणहिटीतर्फ नेताजीहरुको यात्रा विनाशको यात्रा हुनेछ ।

    अध्यक्ष साहले भने, कलाकारहरु त्यसको साक्षी किनारा नबन्नुहोस । तपाईंहरु सम्मानित हुनुहुन्छ । नेपाली जनताले घृणा गरेका र यी गन्हाएका चिजहरुलाई बोक्न नजानुहोस । यो संविधान दिवस हो ? राष्ट्रिय दिवस हो ? यो विदेशीहरुको लागि दिवस होला । विदेशीहरु यसमा खुशी छन् । आज नेताहरु एउटा–एउटा देशको ठेक्का लिएर एजेन्टको काम गरिरहेका छन् । फलानो पार्टी फलानो देशबाट चलेको छ, फलानो नेता फलानो देशबाट चलेका छन्, यो दुनियाँले बुझेको छैन् र ? यसरी नेपालमा खुलेआम विदेशी दलालहरुको व्यापार भैरहेको छ, नेपालको सम्पत्ति लुटेर विदेश लैजाने खेल भैरहेको छ, अहिलेको व्यवस्था खारेज गर्न जरुरी छ । देशप्रति कसैलाई माया छ भने यो संविधान खारेजीतिर जानुहोस । अनिमात्रै देश बनाउन सकिन्छ ।’

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend