Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अमेरिकामा नेपाल र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता हुने


६, असोज २०८१
  • 181
    SHARES
  • अमेरिकामा नेपाल र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता हुने

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच अमेरिकामा भेटवार्ता हुने भएको छ ।

    संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका पुगेका दुवै समकक्षीबिच स्थानीय समयअनुसार साँझ ५ः ३० बजे भेटवार्ता हुने कार्यतालिका रहेको छ ।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई प्रधानमन्त्री बिचमा आजै भेटवार्ता हुनेछ । तर त्यो समयमा तलमाथि हुने सम्भावना रहेको पनि स्रोतले जनाएको छ ।

    अमेरिकामा राष्ट्रसङ्घको कार्यक्रममा भाग लिन पुगेका दुई प्रधानमन्त्रीका बिचमा साइडलाइन वार्ताका लागि नेपालबाट निकै ठुलो प्रयास भएको थियो ।

    त्यसका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा स्वयं त्यो प्रयासमा लागेकी थिइन् । लामो प्रयासपछि शुक्रवार मात्र भेटघाटलाई कार्यतालिकामा राखिएको छ ।

    यो साइडलाइन वार्ता यसअघि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनको समयमा थाइल्यान्डमा हुने तय भएको थियो । तर त्यहाँको राजनीतिक अवस्थाका कारण उक्त बैठक स्थगित भएको छ ।

    त्यसपछि दुई प्रधानमन्त्री बिचको  भेटवार्ता अमेरिकामा हुने तय भएको थियो । त्यसका लागि भारतको तर्फबाट भने समय मिलेको थिएन । परराष्ट्र मन्त्रालयका अधिकारीहरू भन्छन्– ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छोटो समयका लागि अमेरिका जाने भएका कारण समय मिलाउन गाह्रो भइरहेको थियो ।’ अन्य स्रोतले भने पछिल्लो समय प्रधानमन्त्री ओलीले भारतका बारेमा लगातार दिइरहेको अभिव्यक्तिका कारण मोदीले भेट्न नचाहेको दाबी गरेको थियो ।

    ओलीसँग भारतको सम्बन्ध चिसिएकै कारण हालसम्म भ्रमणको निम्तो दिइएको छैन । बरु प्रधानमन्त्री ओलीले नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि लिखित निम्तो नै पठाइसकेका छन् । निमन्त्रणा पाए पनि मोदीले नेपाल भ्रमणका बारेमा कुनै तयारी थालेका छैनन् ।

    यी घटनाक्रमका कारण पनि आज दुई देशका प्रधानमन्त्रीबिच हुने साइडलाइन वार्ताले ठुलो अर्थ राख्दछ । प्रधानमन्त्री ओलीले युएनको महासभालाई असोज १० गते सम्बोधन गर्नेछन् । त्यसअघि उनले युएनका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरिसकेका छन् । प्रधानमन्त्री ओलीले अन्य उच्चस्तरीय भेटवार्ता समेत गर्नेछन् ।

    आजदेखि सुरु भएको ‘समिट अफ द फ्युचर’ सत्रमा नेपालको तर्फबाट सक्रिय सहभागिता हुनेछ । त्यसमा प्रधानमन्त्री ओली पनि सहभागी हुने बताइएको छ । विश्वका राज्य व्यवस्थामा देखिएको गम्भीर चुनौती र त्यसका समाधानको बारेमा सो समिटमा छलफल हुनेछ । यस सम्मेलनको उद्देश्य दिगो विकास लक्ष्यहरू (एसडीजी) र संयुक्त राष्ट्रसङ्घको बडापत्रप्रति प्रतिबद्धताहरू पुष्टि गर्दै सहयोग अभिवृद्धि गर्ने रहेको छ ।

    भदौ २६ गतेदेखि नै सुरु भएको युएनको महासभाको यसपटको नारा ‘कसैलाई पनि पछाडि नछाडौँ : सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान, वर्तमान र भावी पुस्ताका लागि’ रहेको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend