Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग


६, असोज २०८१
  • 83
    SHARES
  • शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग

    काठमाडौँ । शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग गरिएको छ ।

    नेपाल जग्गा तथा आवास विकास महासङ्घको टोलीले आज सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट गरी निजी क्षेत्रलाई एकीकृत जग्गा तथा आवास विकासको जिम्मेवार दिन माग गरेको उनको सचिवालयले जनाएको छ ।

    महासङ्घका अध्यक्ष भेषराज लोहनीले कार्यवाहक प्रधानमन्त्री सिंह समक्ष निजीक्षेत्रलाई पनि ‘ल्यान्ड पुलिङ’ गर्न दिने कानूनी व्यवस्थाको आवश्यकता रहेको उल्लेख गर्दै शहरी विकास ऐनमा सो विषय समेट्न आग्रह गरे ।

    त्यस अवसरमा कार्यवहाक प्रधानमन्त्री सिंहले व्यवस्थित शहर विकासमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएको थियो ।

    “शहरको विकासमा सरकारसँग निजी क्षेत्रलाई पनि सहभागी बनाउनुपर्छ, निजी क्षेत्रसँग मिलेरै व्यवस्थित, स्वच्छ र आर्थिक रुपमा चलायमान शहर बनाउन सकिन्छ”, उनले भने ।

    उनले शहरलाई व्यवस्थित गर्दै अपार्टमेन्ट, हाउजिङको अवधारणामा काम गर्नुपर्नेमा जोड दिए । हालसम्म ल्याण्ड पुलिङ गरी जग्गा तथा आवास विकासको काम सरकारले मात्रै गर्दै आएको छ ।

    महासङ्घले ‘ल्यान्ड पुलिङ’, ‘हाउस पुलिङ’मा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने, अपार्टमेन्ट खरिद गर्न विदेशीलाई २० प्रतिशतसम्म बिक्री गर्न मिल्ने व्यवस्था गर्नुपर्ने र अपार्टमेन्टभित्रको जग्गा अपार्टंमेन्ट बिक्रीपछि डेभलपरका नाममा राख्न नमिल्ने गरी ऐनमा प्रबन्ध गर्न माग गरेको छ । रासस

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend