Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस-एमालेबीच समझदारी भएरमात्रै हुँदैन, संविधान संशोधनको जरुरत छ : नेता निधि


६, असोज २०८१
  • 104
    SHARES
  • कांग्रेस-एमालेबीच समझदारी भएरमात्रै हुँदैन, संविधान संशोधनको जरुरत छ : नेता निधि

    काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले संविधान संशोधनको औचित्य रहेको बताएका छन् ।

    आइतबार संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले १०औं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    नेता निधिले कांग्रेस–एमालेबीच भएको समझदारीअनुसार मात्रै संविधान संशोधन गर्न नखोजिएको बताए । उनले संविधान संशोधनको औचित्य रहेको र रहिरहने बताए ।

    ‘नेपाली कांग्रेस र एमालेको बीचमा संविधान संशोधनको कुरा उल्लेख भएका भएकाले संविधान संशोधनको औचित्य छ भनेको होईन । दुई वटा पार्टीमा समझदारी भयो, त्यसकारण संविधान संशोधन गर्नुपर्छ भन्ने होईन ।’ उनले भने, ‘संविधानकै धारामा लेखिएको छ, पुनरावलोकन गर्नुपर्छ भनेर । संविधान संशोधनको जरुरत थियो, छ र रहिरहन्छ । समय–समयमा सहमति भएअनुसारको संशोधन हुनुपर्छ ।’

    संविधान संशोधनको विषयलाई सहमति गरेर निश्कर्षमा पुर्याइनुपर्ने उनले बताए । संविधानमा उल्लेख भएअनुसार प्रदेश सरकारले अधिकार नपाएको उनले बताए । प्रदेशहरुलाई अहिले पनि प्रहरी संगठन नदिइएको उनले बताए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend