Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पार्टी कार्यालयमा भेला भए रविसहित रास्वपाका नेता कार्यकर्ता


७, असोज २०८१
  • 131
    SHARES
  • पार्टी कार्यालयमा भेला भए रविसहित रास्वपाका नेता कार्यकर्ता

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित दलका नेताहरू वनस्थलीस्थित पार्टी कार्यालयमा भेला भएका छन् ।

    सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि सभापति लामिछानेलाई पक्राउ गर्ने तयारीमा सरकार छ । पूर्व डीएसपी छविलाल जोशीलाई आइतबार पक्राउ गरेर पोखरा लगेपछि सरकारले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको हो ।

    विभिन्न सहकारीमा भएको बचत अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालकको हैसियतमा लामिछानेलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेबमोजिम प्रहरीले पक्राउको तयारी गरेको छ ।

    विभिन्न ५ सहकारीको ६५ करोडभन्दा बढी रकम गैरकानुनी ढंगले गोरखा मिडियामा लगेर खर्च गरेकोमा लामिछानेका पूर्वव्यावसायिक साझेदार एवं तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले हिजै पक्राउ गरिसकेको छ । गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई भने फरार छन् ।

    आइतबार राति नै पक्राउ गर्नेगरि सादा पोशाकका प्रहरी पार्टी कार्यालयमा खटाईएको थियो । तर,राजनीतिक व्यक्ति भएको र तत्काल भागेर जाने सम्भावना नभएपछि प्रहरी यसै फर्किएको थियो । रविलाई कानूनी प्रक्रिया पूरा गरेर नै पक्राउ गर्ने प्रहरीको तयारी छ ।

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend