Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

त्रिशूली थ्री बी सबस्टेशनको काम छिटो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन


८, असोज २०८१
  • 149
    SHARES
  • त्रिशूली थ्री बी सबस्टेशनको काम छिटो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको काम छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

    उक्त सबस्टेशनको आज स्थलगत निरीक्षण गर्दै उहाँले प्रसारण लाइन विस्तारका क्रममा उत्पन्न समस्या समाधान गरी चाँडो काम पूरा गर्न निर्देशन दिनुभएको हो ।

    ऊर्जामन्त्री खड्काले प्रसारण लाइन विस्तारको काम ढिलाइ हुँदा राज्यले दैनिक ठूलो घाटा व्यहोर्नु परेको भन्दै जनशक्ति थप गरेर भए पनि चाँडो काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

    “सब स्टेशन निर्माण र चिलिमे जलविद्युत् आयोजनाबाट त्रिशूली थ्री बी हब सबस्टेशनमा ल्याउनका लागि निर्माण गरिएको प्रसारण लाइन चाँडो सम्पन्न गर्नेगरी काम गर्नुहोस्,”– ऊर्जामन्त्री खड्काले भन्नुभयो ।

    त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेशनको काम अन्तिम चरणमा छ भने चिलिमेबाट उक्त सबस्टेशनमा जोड्ने प्रसारण लाइनको काम मैलुङ क्षेत्रमा रोकिएको छ ।

    यसैबीच, आजै मन्त्री खड्काले रसुवाको उत्तरगया गाउँपालिकामा रहेको त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको छ ।

    ऊर्जामन्त्री खड्कासँगै रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्य, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, सोही मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको निरीक्षण गर्नुभएको थियो ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend