Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस बैठकको निर्णय: बाढी-पहिरो पीडितका लागि ५० लाख जम्मा गर्ने, उपनिर्वाचनका लागि दल दर्ता गर्ने


१३, असोज २०८१
  • 151
    SHARES
  • कांग्रेस बैठकको निर्णय: बाढी-पहिरो पीडितका लागि ५० लाख जम्मा गर्ने, उपनिर्वाचनका लागि दल दर्ता गर्ने

    काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले बाढी तथा पहिरो पीडितका लागि ५० लाख जम्मा गर्ने भएको छ ।

    आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

    त्यस्तै बैठकले बाढीपीडितका लागि सबै सांसदले १५ दिनको तलव दिने पनि निर्णय गरेको छ । बैठकले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय पनि गरेको छ । मंसिर १४ गते हुने उपचुनावका लागि यही १६ असोजसम्म दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।

    बैठकले जारी सय दिने अभियान स्थगित गर्ने पनि निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए । सो अभियान कोजाग्रत पूर्णिमा सम्मका लागि स्थगन गरिएको महतले जानकारी दिए ।

    उनले सम्पूर्ण पार्टी पंक्तिलाई उद्धार र राहत कार्यमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय भएको जानकारी दिए । साथै कोजाग्रत पूर्णिमामा गरिँदै आएको चियापान कार्यक्रम पनि स्थगित भएको कांग्रेसले जनाएको छ ।

    patra21.webppatra2.webp

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend