काठमाडौं । उर्जामन्त्री दीपक खड्काले बंगलादेशसँग ४० मेगावाटको विजुली खरिद–बिक्रीको सम्झौता गर्नुअघि छलफल थालेका छन् ।
अहिले सिंहदरबारस्थित् उर्जा मन्त्रालयमा मन्त्रालयका सचिव, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायत प्राविधिकहरुको टोली छलफलमा जुटेको हो ।
मन्त्री खड्काले यही असोज १७ गते हस्ताक्षर गर्ने तयारी भएको यसअघि नै खुलासा गरिसकेका छन् । विद्युत खरिद तथा बिक्रीको लागि सम्झौता गर्न नेपाल सरकारबाट नै पत्राचार भएको थियो ।
त्यसमा बंगलादेश सरकारले सकारात्मक जवाफ दिएको हो । यो सम्झौताले नेपालको उर्जा क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने विश्वास लिईएको छ ।