Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाढी-पहिरो पीडितको उद्धार, राहत र पुनस्थापनामा जुट्ने माओवादी केन्द्रको निर्णय


१५, असोज २०८१
  • 186
    SHARES
  • बाढी-पहिरो पीडितको उद्धार, राहत र पुनस्थापनामा जुट्ने माओवादी केन्द्रको निर्णय

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढीपहिरो पीडितको उद्दार राहत र पुनस्थापनाका लागि योजननाबद्ध रूपमा काम गर्ने भएको छ ।

    हिजो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको प्रचार तथा प्रकाशन विभाग र विपद व्यवस्थापन विभागको संयुक्त बैठकले विपदका समयमा सूचना संकलन र सम्प्रेषण तथा बिपदपछिको राहत र पुनस्थापनाका विषयमा एकिकृत योजना लागु गर्ने निर्णय गरेको हो ।

    गत शुक्रबारदेखि दुई दिनसम्म परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा भएको जनधनको क्षति तथा त्यसपछिको राहत र पुनःस्थापनाको कार्यका लागि पार्टीका जनसंगठन, मोर्चा, स्थानीय तथा प्रदेश समिति सम्ममा जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

    यस्तै बैठकले पार्टी भित्रका सबै जनसंगठन मोर्चाहरुलाई उद्धार राहत र पुनःस्थापनाका कार्यक्रमका लागि पार्टी केन्द्रीय कार्यालयमा सूचना डेक्स सञ्चालन गरेर त्यसमार्फत आधिकारिक सूचना प्रवाह गर्ने भएको छ । बैठकले प्रभावित क्षेत्रमा खाद्यान्न लत्ताकपडा लगायतका अत्यावश्यक सामाग्री सहित उद्धारमा खटिन समेत निर्देशन जारी गरेको छ ।

    बैठकले सरकारले समयमै पहलकदमी लिन नसकेको कारण मनसुनजन्य विपदबारे जानकारी हुँदा हुँदै पनि उपत्यकाभित्रै उद्धारको अभावमा धेरै मान्छेको मृत्यु भएको निष्कर्ष निकालेको छ ।

    विपदप्रति सरकारको उदाशीनता र हेलचेक्र्याईका कारण उद्धार कार्यमा भएको ढिलासुस्ती तथा समन्वयको अभावले उपत्यकाभित्रै धेरै नागरिकहरुले ज्यान गुमाउनु परेको बैठकको निष्कर्ष छ । सरकारी संयन्त्रहरूको उचित परिचालन गर्न नसक्दा र सरकार विहिनताको अभावले देशभरी विपदका कारण धेरै नागरिकहरुले ज्यान गुमाएको भन्दै सरकारलाई ध्यानाकर्षण गराउने निर्णय समेत बैठकले गरेको छ ।

    हालै राजधानी लगायत देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारणले विभिन्न भागमा बाढी पहिरो र डुबानमा परी झण्डै २०० जना भन्दा बढी नागरिकहरूको निधन भएको छ भने अझै पनि दर्जनौ सङ्ख्यामा व्यक्तिहरु हराइरहेका छन् ।

    यस्तै कयौं घाइते भएका छन् भने अधिकांश नदी किनारका घर बस्तिहरू खण्डहरुमा परिणत भएको छ । यस्तो अवस्थामा पीडित नागरिकहरूको उद्धारमा खटिन माओवादी केन्द्रले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

    यस्तै माओवादी केन्द्रले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नाममा रहेको ग्लोवल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको छ ।

    साथै पार्टीले जबस तथा मोर्चाहरू सहित पार्टी संगठनको समन्वयमा उद्धार तथा राहत कार्यमा खटिनको लागि पार्टीले विशेष परिपत्र समेत जारी गरिसकेको छ । पार्टी केन्द्रको केन्दिय पदाधिकारी बैठकको निर्णय अनुसार पार्टीका विभिन्न समिति तथा जनसंगठनहरूले उद्धार र राहतका काममा जुटिसककेका छन् । 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend