Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उर्जामन्त्री खड्का र नेपालका लागि नर्वेका राजदूतबीच शिष्टाचार भेट


१५, असोज २०८१
  • 157
    SHARES
  • उर्जामन्त्री खड्का र नेपालका लागि नर्वेका राजदूतबीच शिष्टाचार भेट

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का र नेपालका लागि नर्वेका राजदूत तोरन द्रामदलबीच शिष्टाचार भेटवार्ता भएको छ ।

    सिंहदरबारस्थित उर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल र नर्वेबीचको सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

    भेटमा उर्जामन्त्री खड्काले नर्वे नेपालको लागि महत्वपूर्ण विकास साझेदार भएकाले ऊर्जा क्षेत्रमा ६० वर्षभन्दा बढी समयदेखि नर्वे सरकारको सहयोगको लागि धन्यवाद दिनुभयो । दिगो ऊर्जा र आर्थिक वृद्धिको लक्ष्यलाई अगाडि बढाउन जलविद्युत विकासदेखि क्षमता निर्माणसम्मको नर्वे सरकारको योगदान अमूल्य रहेको मन्त्री खड्काको भनाई थियो ।

    उर्जामन्त्री खड्काले नेपालको जलविद्युत, प्रसारण र वितरणमा रोजगारीका लागि तालिम कार्यक्रम, सिभिल, इलेक्ट्रिकल र हाइड्रोमेकानिकल क्षेत्रमा स्थानीय विशेषज्ञता विकास गर्न नर्वेको सहयोगले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले तिनाउ, आँधीखोला, झिम्रुक, खिम्ती, माथिल्लो तामाकोशीलगायत ठूला जलविद्युत आयोजना र लघु जलविद्युत आयोजना निर्माणमा नर्वे सरकारको सहयोगका लागि हार्दिक आभार व्यक्त गर्नुभयो ।

    मन्त्री खड्काले विद्युत उत्पादन क्षमता विस्तार गर्नुका साथै प्रसारण लाइन, सबस्टेशन र ग्रामीण विद्युतीकरणमा तत्काल सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उक्त कार्यमा नर्वेको साथ र सहयोग अपेक्षा गर्नुभयो । नेपाल हरित ऊर्जा विकासमा प्रतिवद्ध रहेको मन्त्री खड्काको भनाई छ ।

    उहाँले नेपालको ऊर्जा क्षेत्रमा सार्वजनिक–निजी साझेदारी मार्फत लगानीको प्रशस्त सम्भावना रहेकाले जलविद्युत लगायत नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्न राजदूतमार्फत नर्वेजियन कम्पनीलाई आग्रह गर्नुभयो ।

    उर्जामन्त्री खड्काले कम विकसित, कम स्रोतसाधन भएको र प्रायः पहाडी मुलुक भएकाले नेपालले जलवायु परिवर्तनका प्रतिकूल असर–हिमनदी पग्लने, वर्षाको ढाँचामा परिवर्तन, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप भोगिरहेकोले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि नर्वे सरकार लगायत अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा समेत गर्नुभयो ।

    भेटमा नेपालका लागि नर्वेका राजदूत द्रामदलले नेपालको जलविद्युत क्षेत्रको विकासका लागि नर्वे सरकारको सँधै साथ र सहयोग रहँदै आएको बताउनुभयो । उहाँले नेपाली विद्याथीलाई नर्वेमा जलविद्युत सम्बन्धी अध्ययन गर्नका लागि सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा प्रसारण लाईनको विकासमा समेत नर्वे सरकारले सहयोग गर्ने बताउनुभयो ।

    राजदूत द्रामदलले नर्वेले जलविद्युतबाहेक विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा वातावरण संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । नर्वेले विकासका लागि उर्जासम्बन्धी नेपाली विद्यार्थीलाई तालिमसमेत प्रदान गर्दे आइरहेको राजदूतको भनाई छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend