Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भाषणमात्रै गरेर देश बन्दैन, अब काम गर्न आवश्यक छ : सांसद शाही


१७, असोज २०८१
  • 165
    SHARES
  • भाषणमात्रै गरेर देश बन्दैन, अब काम गर्न आवश्यक छ : सांसद शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सरकारी कर्मचारी र जनप्रतिनिधिहरुले नेपालमा उत्पादित कपडा प्रयोग गर्नुपर्ने नीति बनाउन आवश्यक रहेको बताएका छन् ।

    आज (बिहीबार) हिमालयन इन्टरनेश्नल एक्सपो–२०२४ लाई सम्बोधन गर्दै उनले कर्मचारी र जनप्रतिनिधिले नेपालमै उत्पादित कपडा प्रयोग गर्ने हो भने नेपालमा कपडा उद्योगको भविष्य राम्रो रहेको बताएका हुन् ।

    त्यस्तै, उनले विदेशबाट आउने कृषि सामाग्रीमा पनि रोक लगाउनुपर्ने बताए । भाषणमात्रै गरेर देश नबन्ने र अब काम गर्न आवश्यक रहेको उनको भनाइ छ । राम्रो कामको लागि वर्तमान सरकारलाई राप्रपाको समर्थन रहेको पनि उनले सुनाए ।

    ‘तपाईँहरु सरकार चलाउनुस्, तपाईँहरुको सरकारलाई हाम्रो साथ, समर्थन छ, अझै अगाडि बढ्नुस् । जम्मा दुई वटा काम गर्दिनुुस् । एउटा, नेपालका सबै सरकारी कर्मचारीहरुलाई, प्रहरी र जनप्रतिनिधिलाई नेपालमा बनेको कपडा लगाउने नीति बनाइदिनुस् । यो गर्नेबित्तिकै नेपालका कपडा व्यवसायीहरु कहाँ पुग्छन् ? जो–जो कपडा नेपालमा बन्छ, त्यो कपडा विदेशबाट ल्याउन प्रतिबन्ध गर्नुस् । त्यो पनि गर्न सक्नुहुन्न भने कृषिका सामाग्री विदेशबाट आउँछ त्यसलाई रोक्नुस् त । अनि देश कहाँ पुग्छ । काम केही छैन, हामीले भाषण गरेर मात्रै देश बन्ने भएको भए देश जमानामा बनिसक्थ्यो,’– उनले भने ।

    अहिले किसानको अवस्था बिजोक रहेको उनले बताए । विष प्रयोग गरिएको विदेशबाट आएका तरकारीलाई रोक लगाएर नेपाली किसानलाई प्रोत्साहान गर्नुे उनले बताए । पछिल्लो समय व्यापार घाटा डरलाग्दो रहेको उनले सुनाए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend