काठमाडौं । नेपालका लागि अष्ट्रेलियाकी राजदूत लियन जोन्स्टनले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटवार्ता गरेकी छिन् ।
आज (सोमबार) सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत जोन्स्टनले शिष्टाचार भेटवार्ता गरेकी हुन् ।
भेटमा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको जनाईएको छ । राजदूत जोन्स्टनले हालैमात्र आफ्नो जिम्मेवारी सम्हालेकी हुन् ।