Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सिर्जनात्मक शक्तिलाई राष्ट्रिय हितमा समाहित गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह


२१, असोज २०८१
  • 178
    SHARES
  • सिर्जनात्मक शक्तिलाई राष्ट्रिय हितमा समाहित गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

    काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको आवासको अधिकारलाई सुनिश्चित गरिनुपर्ने बताएका छन् ।

    विश्व बसोबास दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले नेपालको संविधानमा व्यवस्था गरेअनुसार सीमान्तकृत, घरबारविहीन, सामाजिक तथा आर्थिक रूपले पछिपरेका नागरिकको आवासको हक सुनिश्चित गर्न सरकार लागिरहेको बताए । उपप्रधानमन्त्री सिंहले सहरी विकासमा युवाको सङ्लग्नता बढाउन सरकारले पहल थाल्ने बताएका छन् ।

    “यसका लागि सहरी विकास मन्त्रालय, जनता आवास कार्यक्रम, सुरक्षित नागरिक आवास कार्यक्रम तथा बस्ती विकास कार्यक्रम सञ्चालन गरी सरकार ग्रामीण क्षेत्रका नागरिकको समेत व्यवस्थित आवासमा पहुँच सुनिश्चित गर्ने दिशामा अग्रसर छ,” उनले भने, “नेपाल सरकारको तर्फबाट सहरी विकासमा युवाको सङ्लग्नता विषयका लागि गर्नुपर्ने प्रयासलाई निरन्तरता दिनेछौँ ।

    युवा जनसङ्ख्याको गतिशिल र शक्तिशाली हिस्सालाई उचित शिक्षा, रोजगारमूलक सीप, उचित रोजगारका अवसर उपलब्ध गराई उनीहरूको सिर्जनात्मक शक्तिलाई बृहत्तर राष्ट्रिय हितसँगसँगै समग्र सहरी विकासमा पनि समाहित गर्नु आजको प्रमुख आवश्यकता हो ।”

    उपप्रधानमन्त्री सिंहले दिगो विकास एजेण्डा–०३० को लक्ष्य ८ ले सबैका लागि समावेशी र दिगो आर्थिक वृद्धि, पूर्ण उत्पादकमूलक र सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्ने र लक्ष्य ११ मा सहर र मानव बसोबासलाई समावेशी, सुरक्षित, उत्थानशील र दिगो बनाउने लक्ष्य लिएकाले सोहीअनसार सरकार क्रियाशील रहेको उल्लेख गरे ।

    उनले भने,“यी लक्ष्य हासिल गर्नका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकार निरन्तर क्रियाशील रहेका छन् । १६औँ आवधिक योजना, सङ्घीय तथा प्रादेशिक र स्थानीय सरकारका नीति, कार्यक्रम र बजेटमा पनि यसलाई उच्च प्राथमिकता दिइएको छ ।”

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.रमेशप्रसाद सिंहले वातावरणमैत्री सहरी पूर्वाधार निर्माण गर्नु आजको आवश्यकता रहेको बताए । सहरी विकास मन्त्रालका सचिव मणिलाल गेलालले पछिल्लो समय युवापुस्ता विदेशिने क्रम बढेसँगै सहरी विकासमा युवाको सङ्लग्नता बढाउने योजना कार्यन्वयनमा चुनौती देखिएको धारणा राखे ।

    सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले दिगो सहरी विकासका लागि युवा सङ्लग्नता बढाउनुपर्ने र यसका लागि शिक्षा, स्वास्थ्य रोजगारीलगायतका सुविधा तथा अवसर सिर्जनामा जोड दिनुपर्ने बताए ।

    मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहनप्रसाद साह, नेपालका लागि संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक हन्ना सिगर हाम्दीले सहरी विकासमा युवा वर्गको सङ्लग्नताबारे प्रकाश पारेका थिए ।

    कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख धनश्याम गिरिले पनि सहरी विकासमा युवा सङ्लग्नता बढाउनका लागि योजनावद्ध रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

    ‘कर्मशील युवाः समुन्नत सहर’ भन्ने नारासहित यस वर्ष दिवस मनाइँदै छ । युएन— ह्याबिट्याटबाट सन् १९८६ देखि प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउँदै आएकामा नेपालमा पनि सन् २००१ देखि उक्त दिन विश्व बसोबास दिवस मनाउन थालिएको हो ।

    युएन ह्याबिट्याटको तथ्याङ्क अनुसार हाल विश्वभर १८–२५ उमेर समूहका व्यक्तिको सङ्ख्या एक दशमलव तीन विलियन रहेकोमा त्यसको ८०५ जनसङ्ख्या विकासशील र विकासोन्मुख राष्ट्रहरूमा रहेको देखिएको छ । यसैगरी नेपालमा १६–४० उमेर समूहका युवाको सङ्ख्या एक करोड २४ लाख रहेको छ जुन कूल जनसङ्ख्याको ४२ दशमलव छ प्रतिशत हो । - रासस

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend