Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दसैँमा यात्रा गर्दा सडकको संवेदशीलताप्रति सचेत हुन आह्वान


२२, असोज २०८१
  • 193
    SHARES
  • दसैँमा यात्रा गर्दा सडकको संवेदशीलताप्रति सचेत हुन आह्वान

    काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले यस वर्ष नेपालीको महान् चाड बडादसैँको मुखमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोले सडकमा क्षति पुगेकाले सचेत भएर यात्रा गर्न आह्वान गरेको छ ।

    फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले सोमबार जारी गरेको विज्ञप्तिमा पर्वका अवसरमा यात्रा गर्दा सडकमा पुगेको क्षतिका कारण संवेदनशील हुन अनुरोध गरेको हो । असहज अवस्थामा कम यात्रा गर्न, मितव्ययी बनी चाड मनाउन फाउन्डेसनले सबैमा आह्वान गरेको छ ।

    फाउन्डेसनले सांस्कृतिक पर्वलाई संवेदनशील, सद्भावना, कम यात्रा र लागत प्रभावकारी रूपमा मनाउन जिम्मेवार नागरिकमा अनुरोध गरेको हो । फाउन्डेसनले नेपाल तथा नेपाल बाहिर रहेका सबै दिदीबहिनी तथा दाजुभाइमा बडादसैँको शुभकामनासमेत व्यक्त गरेको छ । - रासस

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend